शुक्रबार, २२ साउन २०८३
नेपाली

राजनीति

Main News Image

१ र २ रुपैयाँका नयाँ सिक्कामा चुच्चे नक्सा हट्ने चर्चा, वास्तविकता के हो ?

काठमाडौँ । मन्त्रिपरिषद्ले १ रुपैयाँ र २ रुपैयाँ दरका नयाँ डिजाइनका सिक्का निष्कासन गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिएको छ। यससँगै नयाँ सिक्काबाट चुच्चे नक्सा हटाइने चर्चा सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यममा फैलिएको छ।

राष्ट्र बैंकका अनुसार डिजाइन परिवर्तन भएका सिक्काका लागि सरकारको स्वीकृति आवश्यक पर्ने कानुनी व्यवस्था छ। यद्यपि मन्त्रिपरिषद्को निर्णयको पूर्ण विवरण प्राप्त नभएकाले आधिकारिक रूपमा नयाँ डिजाइनबारे राष्ट्र बैंकले पुष्टि गरेको छैन।

स्रोतका अनुसार नयाँ सिक्काको अगाडिको भागमा रहेको नेपालको चुच्चे नक्साको स्थानमा मुस्ताङस्थित ऐतिहासिक लो घ्याकर ९घार० गुम्बाको चित्र राख्ने तयारी गरिएको छ। यसले हालको नक्सा स्वतः विस्थापित हुने चर्चा भइरहेको छ। यस विषयलाई लिएर सामाजिक सञ्जालमा बहस र आलोचना जारी छ भने सरकार वा राष्ट्र बैंकले अहिलेसम्म नयाँ डिजाइनबारे औपचारिक स्पष्टीकरण सार्वजनिक गरेका छैनन् ।


गृहमन्त्री भन्छन्_एक रुपैयाँ घुस खाएको थाहा पाए आफैँ एक्सनमा उत्रिन्छु

गोरखा । गृहमन्त्री सुधन गुरुङले भ्रष्टाचारमा ‘शून्य सहनशीलता’ अपनाउने भन्दै मातहतका कर्मचारीहरूलाई कडा चेतावनी दिएका छन् । शुक्रबार साँझ गोरखास्थित...

विष्णु पौडेललाई साधारण तारेखमा छाड्न विशेष अदालतको आदेश

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई विशेष अदालतले साधारण तारेखमा राखेर मुद्दाको पुर्पक...

बागमती प्रदेशमा आजदेखि ८ मन्त्रालय

काठमाडौँ । बागमती प्रदेशमा नयाँ आर्थिक वर्ष २०८३र०८४ सुरु भएसँगै मन्त्रालयको संख्या ८ कायम गरिएको छ । सरकारले प्रदेशमा रहेको १४ मन्त्रालयलाई घटाएर...

लुतो फालेझैँ अधिनायकवादी र लोकतन्त्रविरोधी सोच पनि फालौँ : भीष्मराज आङ्देम्बे

काठमाडौँ । प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेपाली राजनीतिबाट अधिनायकवादी सोच, लोकतन्त्रविरोधी प्रवृत्ति, दम...

मधेश प्रदेशमा तीन दलीय गठबन्धन कायम रहने

जनकपुर । नेपाली कांग्रेस र एमालेबीच बढ्दै गएको चिसोपनका कारण प्रदेशहरुको राजनीतिक समिकरण फेरबदल सुरु हुँदा मधेश प्रदेशमा भने यसको कुनै असर नपर्ने भ...

बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको मुटुमा आकस्मिक ‘एन्जियोप्ल...

काठमाडौँ । बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री एवं नेकपा एमालेकी पूर्वउपाध्यक्ष अष्टलक्ष्मी शाक्यको मुटुमा समस्या देखिएपछि आकस्मिक रूपमा ‘एन्जियोप्ला...