शुक्रबार, २२ साउन २०८३
नेपाली

राजनीति

Main News Image

सातै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस, नयाँ गठबन्धनको तयारी

काठमाडौँ । नेपाली कांग्रेसले सातै प्रदेशमा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेको छ। एमालेसँगको समीकरण तोडेर नयाँ राजनीतिक गठबन्धन निर्माणको दिशामा अघि बढ्ने निष्कर्षमा कांग्रेस पुगेको हो ।

कांग्रेसका एक पदाधिकारीले एमालेसँगको वर्तमान सहकार्य अन्त्य गर्ने निष्कर्षमा पुगिएको पुष्टि गर्दै नयाँ राजनीतिक विकल्पमा छलफल भइरहेको बताएका छन्। ‘एमालेसँगको गठबन्धन तोड्ने निष्कर्षमा पुगेका छौँ, कोर्स त्यही दिशामा अगाडि बढेको छ,’ ती पदाधिकारीले भने ।

जेनजी आन्दोलनलाई हेर्ने दृष्टिकोण र प्रदेश सरकारमा एमालेको कार्यशैलीप्रति बढेको असन्तुष्टि नै सहकार्य तोड्नुको मुख्य कारण रहेको बताइएको छ। यो निर्णयसँगै कांग्रेसले एमाले सहभागी भएका प्रदेश सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउने तयारी गरेको छ ।


प्रतिनिधि सभाको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधि सभाको बैठक आज बिहान ११:०० बजे बस्दै छ । आजको बैठकमा संवैधानिक आयोगका वार्षिक प्रतिवेदन पेस गर्नेदेखि नयाँ विधेयकम...

राष्ट्रपतिले गरे तीन विधेयक प्रमाणीकरण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनका बैठकबाट पारित भएका तीन विधेयक प्रमाणीकरण गरेका छन् । उनले विनियोजन विधेयक, २०८३,...

कसैले पनि औँला ठड्याउन नसक्ने गरी लालपूर्जा दिनेछौं _मन्त्री रावल

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङसहित विभिन्न मन्त्रीहरूले आज भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा पुगेर अवलोकनका गरेका छन् । 

मन्त्री...

मुख्यसचिव गोविन्द बहादुर कार्कीद्वारा पदबहाली

काठमाडौँ । नवनियुक्त मुख्यसचिव गोविन्द बहादुर कार्कीले शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदबहाली गरेका छन् । बुधबार मन्त्रिपरिष...

राष्ट्रपतिबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक प्रमाणीकरण

काठमाण्डौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार राति नै संघीय संसदबाट पारित भएका चार वटै अध्यादेश प्रतिस्थापन विधेयक प्रमाणीकरण गरेका छन् ।राष्ट्...

निवर्तमान मुख्यसचिव अर्यालको बिदाइ, नवनियुक्त कार्कीको स्वागत

काठमाडौँ । सेवानिवृत्त हुन लागेका मुख्यसचिव सुमनराज अर्यालको बिदाइ तथा नवनियुक्त मुख्यसचिव गोविन्दबहादुर कार्कीको स्वागत गरिएको छ।

प्रधानमन्त...