मङ्गलबार, ०२ असार २०८३
नेपाली

राजनीति

Main News Image

उम्मेदवारको गाडीमा फेला परेको बम डिस्पोज, उम्मेदवारसहित चार जना प्रहरी हिरासतमा

काठमाडौँ । विष्फोटक पदार्थ बमसहित फेला परेका पर्सा-२ का नेकपा उम्मेदवार मनोज चौधरीविरुद्ध हातहतियार मुद्दा चल्ने भएको छ । उनी सवार गाडीमा गए राति फेला परेको बम भने नेपाली सेनाले डिस्पोज गरिसकेको जिल्ला प्रहरी, पर्साका डीएसपी हरि बस्नेतले बताएका छन् ।

वीरगञ्जको बरहनियार चोकमा नियमित चेकजाँचक्रममा प्रहरी, सेना र सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोलीले बा१०च १२५० नम्बरको रातो कारबाट बमजस्तो देखिने चार पोका शंकास्पद वस्तु फेला पारेको थियो । शंकास्पद सामना फेला पर्नासाथ उम्मेदवार चौधरीसहित सत्यनारायण दास, सुरज कार्की र गाडी चालकलाई सेनाले नियन्त्रणमा लिएको थियो । उनीहरू अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको डीएसपी बस्नेतले बताए।

डीएसपी बस्नेतका अनुसार नेपाली सेनाले दिने रिपोर्टका आधार चारै जनाविरुद्ध फौजदारी कसुरमा अनुसन्धानका लागि हिरासतमा राखिने भएको छ । कार्यालय खुलेपछि जिल्ला अदालतमा म्याद थप गरिने उनले बताएका छन् ।

प्रधानमन्त्री कार्कीले बोलाइन् सुरक्षा परिषद्को बैठक

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले भोलि फागुन २१ हुने निर्वाचन तयारी र सुरक्षाबारे छलफल गर्न राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएकी छन् ।

निर्वाचन शान्तिपूर्ण बनाउन सुरक्षा संयन्त्र परिचालित

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षा तयारी पूरा भएको बताएका छन् । अर्यालले प्रतिनिधिस...

मौन अवधिमा सामाजिक सञ्जालमार्फत फैलाइँदै आएका भ्रामक समाचारप्रति गगनको आपत्ति

काठमाडौँ । फागुन १९ निर्वाचनको मौन अवधिमा सामाजिक सञ्जालमार्फत फैलाइँदै आएका भ्रामक समाचारप्रति नेपाली कांग्रेसका सभापति गगन थापाले आपत्ति जनाएका छ...

मतदानका लागि सम्पूर्ण तयारी पूरा

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको बताएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको नि...

सार्वजनिक बिदाका दिन पनि बैंक तथा वित्तीय संस्थाले आवश्यक सेवा दिन्छन् : निर्वाच...

काठमाण्डौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सहज बनाउनका लागि बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित शाखालाई नियमित सञ्चालनको आवश्यक...

झापाको चुनावी सुरक्षामा नौ हजार सुरक्षाकर्मी परिचालन

काठमाडौँ । हेभिवेट उम्मेदवारको भिडन्तले इलेक्सन इपिसेन्टर झापामा चुनावी सुरक्षा कडा पारिएको छ । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै स्थानीय प्रशास...