मङ्गलबार, ०२ असार २०८३
नेपाली

राजनीति

Main News Image

पञ्जीकरण विभागको वेबसाइट ह्याक गरी दुर्गा प्रसाईँलाई २४ घण्टाभित्र रिहा गर्न अल्टिमेटम

काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको वेबसाइट साइबर आक्रमणमा परेको छ । जसका कारण राष्ट्रिय परिचयपत्रसम्बन्धी सबै सेवा अवरुद्ध बनेका छन् । ‘नेपाली फर नेपाल’ समूहले साइट ह्याक गरेको जिम्मेवारी लिँदै आफूलाई ‘राष्ट्रको भविष्य सुरक्षा गर्न समर्पित अनुसन्धान समूह’ भएको दाबी गरेको छ । उनीहरूले विभागको एडमिन प्यानलसम्म पहुँच पाएको र सम्पूर्ण डाटाबेस हेर्न सक्ने स्थिति रहेको बताएको छ ।

समूहले नागरिक बचाउ अभियानका अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईँलाई २४ घण्टाभित्र रिहा नगरे सरकारले परिणाम भोग्नुपर्ने चेतावनीसमेत दिएको छ। वेबसाइट खोल्दा सो चेतावनीको सूचना देखिन्यो । विभागका महानिर्देशक नमराज घिमिरेले वेबसाइटमा भएको आक्रमण पुष्टि गर्दै अहिले साइट बन्द गरी प्राविधिक टोलीले पुनः सञ्चालनको तयारी गरिरहेको बताएका छन् । साथै, सबै डाटा सुरक्षित रहेको जानकारीसमेत दिएको विभाग स्रोतले जनाएको छ ।

हालै निर्वाचन आयोगले मतदाता नामावली सङ्कलनको क्रममा राष्ट्रिय परिचयपत्रको विवरणसँग जोडिएको थियो । तर ह्याक भएको यो साइटमा भने राष्ट्रिय परिचयपत्रका कुनै पनि विवरणहरू नभएको कर्मचारीहरूले बताएका छन् ।

२०५६ पछि पहिलोपटक निर्वाचन सुरक्षाको फ्रन्टलाइनमा सेना, अहिल्यैदेखि फिल्डमा निका...

काठमाडौँ । निर्वाचन लक्षित गरेको सरकारले यसपटक नेपाली सेनालाई सुरक्षा मोर्चाको अग्र भागमा सार्ने भएको छ । केन्द्रीय सु...

विद्याको समर्थनमा ओलीसँग प्यानलसहित भिड्दै ईश्वर पोखरेल

काठमाडौँ । नेकपा एमालेको एघारौँ महाधिवेशन मंसिर २७ देखि २९ सम्म काठमाडौंमा हुँदै छ । महाधिवेशन आउन एक महिनाभन्दा कम सम...

दुर्गा प्रसाईं पक्राउको विरोधमा आजैदेखि सडक संघर्ष गर्ने नागरिक बचाउ दलको घोषणा

काठमाडौँ । विवादित मेडिकल व्यवसायी एवम् राजावादी अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् । प्रसाईं पक्राउको बिरोधमा उ...

नेकपा एमालेको संसदीय दलको बैठक बस्दै

काठमाडौँ । आज नेकपा एमालेको संसदीय दलको बैठक बस्ने भएको छ । बैठक विघटित प्रतिनिधिसभाका सांसदहरूसहित मंगलबार दिउँसो १ ब...

राष्ट्रिय परिचयपत्र मार्फत ३ लाख बढीले गराए मतदाता नामावली दर्ता

काठमाडौँ । राष्ट्रिय परिचयपत्र मार्फत ३ लाख ८ हजार ५८५ जनाले नयाँ मतदाता नामावली दर्ता गराएका छन् । यो सङ्ख्या मङ्सिर १ गते राति ९ः३० बजे सम्मको हो...

पाँचजना प्रदेशसभा सदस्यलाई पदमुक्त नगर्न सर्वोच्चको आदेश

जनकपुरधाम । मधेश प्रदेशका पाँच प्रदेशसभा सदस्यलाई पदमुक्त नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ । सभामुख रामचन्द्र मण्डल...