विद्याको समर्थनमा ओलीसँग प्यानलसहित भिड्दै ईश्वर पोखरेल
काठमाडौँ । नेकपा एमालेको एघारौँ महाधिवेशन मंसिर २७ देखि २९ सम्म काठमाडौंमा हुँदै छ । महाधिवेशन आउन एक महिनाभन्दा कम समय बाँकी रहँदा तयारी तीब्र बनाइएको छ । महाधिवेशनको तयारीसँगै नेतृत्वको लागि पनि नेताहरूबीच आन्तरिक योजना बनिरहेको छ । अध्यक्षमा पुनः केपी ओलीले आफूलाई दोहोर्याउने योजनाका साथ नीति निर्णय गराएपनि ओली निर्विकल्प अध्यक्ष नहुने भएका छन् ।
ओलीलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा चुनौती दिने तयारी गरेका छन् । पूर्वराष्ट्रपति एवम् पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीको समर्थनमा ईश्वरले प्यानलसहित ओलीलाई टक्कर दिने तयारी गरेका हुन् । महाधिवेशनबाट अप्रत्याशित नतिजा ल्याउने आशमा भण्डारी–पोखरेल पक्ष छ । नवीकरण भइसकेको आफ्नो सदस्यता रोकिदिएपछि भण्डारी ओलीसँग असन्तुष्ट छिन् ।
मदन भण्डारीले अघि सारेको विचार र कार्यक्रमलाई ओलीले छोड्दै गएको भन्दै भण्डारी एमालेमा सदस्यता नवीकरण गरेर राजनीतिमा फर्किन खोजेकी थिइन् । तर, ओलीले गत साउनमा दोस्रो वर्ष नवीकरण भइसकेको भण्डारीको सदस्यता रोक्ने निर्णय गराए। यही कारण भण्डारी बिच्किएकी हुन् । यही कारण आगामी महाधिवेशनमा ओलीसँग ईश्वर पोखरेल अध्यक्षमा भिड्ने तयारी गरेपनि सरमा प्रतिस्पर्धा ओली र भण्डारीबीच हुने एक पदाधिकारीले बताएका छन् ।
एमालेमा अहिले सचिवालयमा १८ जना छन् । जसमध्ये उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र सुरेन्द्र पाण्डे तथा सचिव योगेश भट्टराई र गोकर्ण विष्ट पोखरेलको पक्षमा उभिइसकेका छन् । उपाध्यक्षहरू विष्णु पौडेल, रामबहादुर थापा, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव रघुवीर महासेठ र छविलाल विश्वकर्माले कता उभिने निर्णय गरिसकेका छैनन् ।
एक्सप्रेस
सम्बन्धित खबर
निर्वाचन आचारसंहिता-निर्वाचनमा बालबालिका प्रयोग गर्न पाइँदैन
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय भएको आचारसंहितामा सरकारी तथा अर्धसरकारी निकायले कुनै पनि दलको पक्ष विपक्षमा कुनै पनि गतिविधि गर्न नपाइने गरी आचारसंहिता तय गरिएको छ । निर्वाचन आयोगले तय गरेको आचारस...
रवि लामिछानेको स्वास्थ्य अवस्था सामान्य
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ । बुधबार त्रिवि शिक्षण अस्पतालले एक विज्ञप्ति जारी गर्दै उनको स्वास्थ्य अवस्थाबारे जानकारी दिएको हो ।
अस्पतालका...
आगामी मङ्सिरमा नेकपाले एकता महाधिवेशन गर्ने
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी नेकपाले आगामी मङ्सिरमा आफ्नो एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्ने औपचारिक घोषणा गरेको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको केन्द्रीय कार्य संयोजन समितिको बैठकले मङ्सिर ११ देखि १५ गत...
गगनले भने_"हामी नै आधिकारिक कांग्रेस हौं"
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समूहले कारबाही गरेपछि महामन्त्री गगनकुमार थापाले आफूहरू नै आधिकारिक कांग्रेस भएको प्रतिक्रिया दिएका छन् । विशेष महाधिवेशनले नेतृत्व चयनको प्रक्रिया अघि बढाउने बाटो खुलेको उनको भनाइ छ ।
‘हा...
अर्थमन्त्रीद्वारा सिंगापुरका राष्ट्रपतिसँग शिष्टाचार भेट
काठमाडौँ । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको वासिङटन डिसिमा रहेका अर्थमन्त्री रामेश्वर प्रसाद खनालले २०८२ कार्तिक १ मा सिंगापुरका महामहिम राष्ट्रपति थार्मा...
शंकर पोखरेल र महेश बस्नेतलाई रोक्न सिमरा विमानस्थलमा तोडफोड, बारामा कर्फ्यू
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेल र पोलिटब्यूरो सदस्य महेश बस्नेत बारा जान लागेपछि त्यहाँ तनाव भएको छ । एमाले नेताहरूलाई रोक्न खोज्ने समूह र एमाले कार्यकर्ताीच झडप भएको छ । आक्रोशित समूहले बाराको सिमरा विमान...



