बिहिबार, १२ कात्तिक २०८३
नेपाली

विद्याको समर्थनमा ओलीसँग प्यानलसहित भिड्दै ईश्वर पोखरेल

Main News Image

काठमाडौँ । नेकपा एमालेको एघारौँ महाधिवेशन मंसिर २७ देखि २९ सम्म काठमाडौंमा हुँदै छ । महाधिवेशन आउन एक महिनाभन्दा कम समय बाँकी रहँदा तयारी तीब्र बनाइएको छ । महाधिवेशनको तयारीसँगै नेतृत्वको लागि पनि नेताहरूबीच आन्तरिक योजना बनिरहेको छ । अध्यक्षमा पुनः केपी ओलीले आफूलाई दोहोर्याउने योजनाका साथ नीति निर्णय गराएपनि ओली निर्विकल्प अध्यक्ष नहुने भएका छन् ।

ओलीलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा चुनौती दिने तयारी गरेका छन् । पूर्वराष्ट्रपति एवम् पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीको समर्थनमा ईश्वरले प्यानलसहित ओलीलाई टक्कर दिने तयारी गरेका हुन् । महाधिवेशनबाट अप्रत्याशित नतिजा ल्याउने आशमा भण्डारी–पोखरेल पक्ष छ । नवीकरण भइसकेको आफ्नो सदस्यता रोकिदिएपछि भण्डारी ओलीसँग असन्तुष्ट छिन् ।

मदन भण्डारीले अघि सारेको विचार र कार्यक्रमलाई ओलीले छोड्दै गएको भन्दै भण्डारी एमालेमा सदस्यता नवीकरण गरेर राजनीतिमा फर्किन खोजेकी थिइन् । तर, ओलीले गत साउनमा दोस्रो वर्ष नवीकरण भइसकेको भण्डारीको सदस्यता रोक्ने निर्णय गराए। यही कारण भण्डारी बिच्किएकी हुन् । यही कारण आगामी महाधिवेशनमा ओलीसँग ईश्वर पोखरेल अध्यक्षमा भिड्ने तयारी गरेपनि सरमा प्रतिस्पर्धा ओली र भण्डारीबीच हुने एक पदाधिकारीले बताएका छन् ।

एमालेमा अहिले सचिवालयमा १८ जना छन् । जसमध्ये उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र सुरेन्द्र पाण्डे तथा सचिव योगेश भट्टराई र गोकर्ण विष्ट पोखरेलको पक्षमा उभिइसकेका छन् । उपाध्यक्षहरू विष्णु पौडेल, रामबहादुर थापा, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव रघुवीर महासेठ र छविलाल विश्वकर्माले कता उभिने निर्णय गरिसकेका छैनन् ।

mediabaaji add

सम्बन्धित खबर

एमाले महासचिवले दिए बालेन शाहलाई शुभकामना

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले परिवर्तनका लहरसामु आफूहरू सफल हुन नसकेको बताएका छन् । दाङ निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवारसमेत रहेका पोखरेल पराजित हुने निश्चित भएसँगै परिवर्तनका लहरले आफ्नो विजयी सुनिश्चित हुन नसकेको बताएका हुन...

अहिलेको राजनीति दिशाहीन र थितिविहीन छ : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले नेपालको राजनीति दिशाहीन, विधिहीन र थितिविहीन ढंगले चलिरहेको बताएका छन् । पार्टी संसदीय मामिला विभागको आयोजनामा पार्टी कार्यालयमा सांसदहरूसँगको अन्तरक्रियामा बोल्दै अध्यक्ष ओलीले भदौ २३ र २४ प...

सबै मतदान केन्द्रमा प्राथमिक उपचार सेवा अनिवार्य उपलब्ध गराउन निर्वाचन आयोगको निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले यही फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक पर्न सक्ने प्राथमिक स्वास्थ्य उपचार सेवाका लागि मतदान केन्द्रमा प्राथमिक उपचार सेवा उपलब्ध गराउन निर्देशन दिएको छ । यसका लागि अस्पताल तथा स्वास्थ्य...

आमा सुरक्षा कार्यक्रम पूर्ण रूपमा निःशुल्क गर्न संसद्‌मा माग

काठमाडौँ । सुरक्षित मातृत्व र प्रसूति सेवालाई पूर्ण रूपमा निःशुल्क र प्रभावकारी बनाउन सांसदहरूले सरकारसँग माग गरेका छन्  । प्रतिनिधिसभाको बिहीबारको बैठकको आकस्मिक समयमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० कि सांसद डा। तोसिमा कार्कीले...

रास्वपा महाधिवेशनको बन्दसत्र आज : प्रतिवेदनमाथि छलफल र उम्मेदवारी दर्ता हुँदै, भोलि मतदान हुने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनको बन्दसत्र आज बिहानदेखि चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा सुरु हुँदैछ । शनिबार गेष्टहाउस चौरमा भव्य रूपमा उद्घाटन सत्र सम्पन्न भएपछि आज बन्दसत्रका साथै नयाँ नेतृत...

बालेन र महेश बस्नेतसँग निर्वाचन आयोगले माग्यो स्पष्टीकरण

काठमाडौँ । निर्वाचन आयोगले रास्वपा वरिष्ठ नेता बालेन शाह, नेकपा एमालेका सचिव महेश बस्नेत, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र निकोलस भुसाललाई स्पष्टीकरण सोधेको छ । शाह झापा ५, बस्नेत भक्तपुर २, साम्पाङ सुनसरी १ र भुसाल रूपन्देही २ मा उम्...