मङ्गलबार, ०२ असार २०८३
नेपाली

राजनीति

Main News Image

एमाले सचिवालय बैठक च्यासलमा बस्दै, महाधिवेशनका विषयमा छलफल हुने

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै बस्दैछ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहीबार दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा। भीष्म अधिकारीले जानकारी दिएका छन् । जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त कार्यालय मर्मतपछि एमालेले आज पहिलोपटक केन्द्रीय कार्यालयमै सचिवालय बैठक बोलाएको हो। यसअघि एमालले बैठक भक्तपुरको गुण्डुस्थित अध्यक्ष ओलीको निवासमा बस्दै आएको थियो ।

यही मङ्सिर २७, २८ र २९ गते काठमाडौंमा हुने ११ औं राष्ट्रिय महाधिवेशन सम्बन्धी छलफलका लागि एमालेले सचिवालय बैठक बोलाएको हो । त्यसैगरि बैठकमा पार्टीले आगामी शनिबार काठमाडौँमा गर्ने प्रदर्शनका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । महाधिवेशनका लागि एमालेले यही मंसिर १३ गते एकैदिन देशभरबाट प्रतिनिधि छनोट गर्दैछ। च्यासलस्थित पार्टी कार्यालय हाल आंशिक सञ्चालनमा छ।  संगठन विभाग र संसदीय दलको बैठक च्यासलमा बसिसकेको छ ।

 

 

शीतलहर र हिमपातको जोखिम न्यूनीकरण गर्न पूर्वतयारीमा ध्यान दिन गृहमन्त्रीको निर्द...

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले संकटासन्न वर्ग, क्षेत्र र समुदायलाई केन्द्रित गरेर शीतलहर र हिमपात पूर्वतयारी...

यी हुन् मन्त्रिपरिषद् बैठकका २५ निर्णय

काठमाडौँ । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रवि...

एमालेद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता

काठमाडौँ । प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्ने माग राख्दै आएको दल नेकपा एमालेले प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्त...

सरकारले संवैधानिक परिषद् संशोधन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने

काठमाडौँ । सरकारले संवैधानिक परिषद् संशोधन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मंसिर २ ग...

सुदन गुरुङको प्रश्न : बोलेकै आधारमा दुर्गा प्रसाईं समात्ने, गोली हान्ने आदेश दिन...

काठमाडौँ । जेनजी आन्दोनका अगुवा सुदन गुरुङले बोलेकै आधारमा दुर्गा प्रसाईंलाई गिरफ्तार गर्ने सरकारले युवाहरूको टाउकोमा...

काठमाडौं महानगरले कात्तिक मसान्तसम्म संलकन गर्‍यो ३ अर्ब २२ करोड भन्दा धेरै राजस...

काठमाडौँ । चालु आर्थिक वर्ष आव २०८२, ८३ को कात्तिक मसान्तसम्ममा काठमाडौं महानगरपालिकाले ३ अर्ब २२ करोड ४१ लाख २५ हजार...