शीतलहर र हिमपातको जोखिम न्यूनीकरण गर्न पूर्वतयारीमा ध्यान दिन गृहमन्त्रीको निर्देशन
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले संकटासन्न वर्ग, क्षेत्र र समुदायलाई केन्द्रित गरेर शीतलहर र हिमपात पूर्वतयारी र प्रतिकार्य थाल्न निर्देशन दिएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आज आयोजित ‘विपद् संवाद’ कार्यक्रममा उनले शीतलहर र हिमपातबाट आउनसक्ने स्वास्थ्य समस्यासँग जुध्न आवश्यक औषधि र जनशक्तिलाई तयारी अवस्थामा राख्न निर्देशन दिएका हुन् ।
सरकार एक्लैले यो चुनौती व्यवस्थापन गर्न नसक्ने उल्लेख गर्दै गृहमन्त्री अर्यालले राष्ट्रिय तथा अन्तरराष्ट्रिय संस्था, संयुक्त राष्ट्र सङ्घीय निकाय, सञ्चार जगत्, स्थानीय समुदाय, नागरिक समाज र निजी क्षेत्रीच बलियो साझेदारी आवश्यक भएको बताए । “राहत मौज्दात, जीवन रक्षक सामग्री, न्यानो कपडा र खाद्यान्न भण्डारणमा साझेदारितालाई प्रोत्साहन गर्नुपर्छ”, उनले भने ।
गृहमन्त्री अर्यालले शीतलहर र हिमपातजस्ता बहुआयामिक तथा उच्च जोखिमयुक्त प्राकृतिक प्रकोपलाई वैज्ञानिक र प्रभावकारी ढङ्गबाट व्यवस्थापन गर्ने उद्देश्यले पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना जारी गरिएको स्पष्ट पारे । “सुरक्षा, जीविकोपार्जन, स्वास्थ्य सेवालगायत सूचकमा यी प्रकोपले गहिरो प्रभाव पार्ने गरेका छन्”, उनले भने, “मानव जीवन र सम्पत्तिको सुरक्षा सबैको साझा उत्तरदायित्व हो, प्राधिकरणको नेतृत्वमा जारी भएको कार्ययोजना कार्यान्वयनमा तीनै तह, गैरसरकारी संस्था, नागरिक समाजको भूमिका उत्तिकै महत्वपूर्ण छ ।”
प्राधिकरणका प्रमुख कार्यकारी दिनेशप्रसाद भट्टले हिमपात र शीतलहरबाट मानवीय क्षति नहोस् भन्ने उद्देश्यले दुई कार्ययोजना ल्याएको बताए । “सरोकारवालासँगको छलफलपछि तयार गरिएको यो कार्ययोजना मार्गदर्शन हो, यसआधारमा जिल्ला र स्थानीयस्तरमा योजना बनाउन सकिन्छ”, उनले भने । प्रमुख भट्टले शीतलहर र हिमपातबाट हुने मानवीय क्षति शून्य बनाउने जिम्मेवारी पूरा गर्नेगरी पूर्वतयारी र प्रतिकार्य गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई आग्रह गरे ।
एक्सप्रेस
सम्बन्धित खबर
ओली सरकारले घुस लिएर नियुक्ति गरेको भन्दै विवादित राजनितिक नियुक्ति बदर गर्ने तयारी
काठमाडौँ । प्रधानमन्त्री शुसिला कार्की नेतृत्वको सरकारले विवादित बनेका राजनितिक नियुक्तिलाई बदर गर्ने तयारी गरेको छ । केहिदिन अघि मात्रै ११ देशका राजदुत फिर्ता बोलाएको सरकारले अब महत्वपुर्ण निकायमा दिएको राजनितिक नियुक...
प्रधानमन्त्री शाहले भारतीय स्थल सेनाध्यक्ष सेठ भेट्ने
काठमाण्डौँ । प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय स्थल सेनाध्यक्ष धीरज सेठलाई भेट्ने भएका छन् । मंगलबार दिउँसो रक्षा मन्त्री समेत रहेका शाहले सेठलाई भेट्ने तयारी भएको नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले जानकारी दिए ।
चार दि...
ओखलढुङ्गामा फेरि वृद्ध दम्पतीको बीभत्स हत्या
ओखलढुङ्गा । एक महिनाअघि भएको दम्पती हत्या प्रकरण सेलाउन नपाउँदै ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका–६ भदौरेमा फेरि एक वृद्ध दम्पतीको बीभत्स हत्या भएको छ । भदौरेको बोहोरे टोलमा ८० वर्षीय चन्द्रविक्रम राई र उहाँकी श्रीमती चन्द्रमाया राईको लुटपाटपछि हत्...
निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ५१ लाई आयोगले सोध्यो स्पष्टीकरण, ३० वटाको मात्र जवाफ
काठमाडौँ । केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त ५१ उजुरी प्राप्त भई सम्बन्धित राजनीतिक दल तथा उम्मेदवारलाई स्पष्टीकरण सोधिएकोमा ३० वटाको जवाफ प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भनी उजुरी...
माओवादी-समाजवादीसहितको एकता सम्मेलन (तस्विरहरू)
काठमाडौँ । काठमाडौंको भृकुटीमण्डपमा ८ दलका कम्युनिष्ट घटकहरूबीच एकता हुँदैछ । माओवादी, एकीकृत समाजवादी एस लगायत आठ कम्युनिस्ट पार्टीहरूले माओवादी निवर्तमान अध्यक्ष हाल संयोजक पुष्पकमल दाहाल संयोजक र एसका अध्यक्ष माधवकुमार नेपाल सहसंयोजक हुने गरी प...
आजबाट एमालेको ११औं महाधिवेशन, १० हजार स्वयंसेवक परिचालन गरिने
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेको ११औं राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा हुन लागेको हो । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले...



