बिहिबार, ०४ असार २०८३
नेपाली

समाज/संस्कृति

Main News Image

ट्राफिक सप्ताह २०८२ को पूर्वसन्ध्यामा रक्तदान

काठमाडौँ । दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२ को पूर्व सन्ध्याको अवसरमा सडक दुर्घटना पिडीतको सहयोगार्थका लागी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा शुक्रबार रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

रक्तदान कार्यक्रममा एक सय ३९ जनाले रक्तदान गरेका थिए। कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक नवराज अधिकारीले पहिलो रक्तदान गरी कार्यक्रमको सुरुवात गरेका थिए । जसमा काठमाडौँ उपत्यकामा कार्यरत प्रहरी कर्मचारी, शसस्त्र प्रहरी, महानगर प्रहरी लगायत सर्वसाधरणहरुले समेत रक्तदान गरेका थिए । नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।

शनिबारदेखि ‘दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२’ माघ ३ गते सम्म संचालन हुनेछ । उक्त कार्यक्रमको अवसरमा पैदलयात्रुलाई सुरक्षित तरिकाले बाटो काट्न सिकाउने, दुई पाङ्ग्रे सवारी साधन लक्षित जनचेतनामूलक कार्यक्रम, कलेज तथा स्कुल सम्पर्क कार्यक्रम, रात्रीकालिन सवारीका चालक र परिचालकलाई सचेतना कार्यक्रम लगायतका विभिन्न ट्राफिक सम्बन्धी कार्यक्रमहरु हुने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिए ।


नेपाल कृषि सहकारी केन्द्रीय संघमा नयाँ नेतृत्व चयन अध्यक्षमा उप्रेती

काठमाण्डौँ । नेपाल कृषि सहकारी केन्द्रीय संघ लि को ५औँ अधिवेशनबाट एकराज उप्रेतीको नेतृत्वमा १५ सदस्य रहेको नयाँ कार्यसमिति चयन भएको छ । नयाँ कार्यस...

अखिल क्रान्तिकारीको तालाबन्दीले त्रिवि एक सातादेखि ठप्प

काठमाडौँ । शुल्क घटाउने माग राख्दै अखिल क्रान्तिकारीले उपकुलपति, रेक्टर र रजिस्ट्रार कार्यालयमा तालाबन्दी गरेपछि त्रिभुवन विश्वविद्यालयको कामकारबाह...

जाजरकोटमा बोलेरो दुर्घटना, दुईको मृत्यु

जाजरकोट । छेडागाड नगरपालिका–८ मा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। घाइतेहरूको अवस्था मध्यम रहेको प्रहरीले ज...

मिथिलाञ्चलमा माघे संक्रान्तिको तयारी गरिँदै

काठमाडौँ । महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलमा माघे संक्रान्ति पर्वको भव्य तयारी भइरहेको छ । माघे संक्रान्ति पर्व मिथिलाञ्चलमा तिला संक्रान्ति पर्वक...

कञ्चनजंगा आधार शिविर सुनसान

ताप्लेजुङ । ताप्लेजुङस्थित नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजंघाको आधार शिविर क्षेत्र अहिले सुनसान बनेको छ । अहिलेको पर्यटकीय मौसमअर्थात् भ्रमण गर्न...

काठमाडौँमा बस दुर्घटना : अर्का मृतकको पनि पहिचान खुल्यो

काठमाण्डौँ । काठमाडौँको शङ्खरापुर नगरपालिका–३ मा बुधबार साँझ भएको बस दुर्घटनामा ज्यान गुमाउने चार जनाकै पहिचान खुलेको छ । दुर्घटनामा ज्यान गुमाउने...