समाज/संस्कृति
देशभर ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा
ललितपुर । देशभर पर्याप्त वर्षा नहुँदा किसानले रोपाइँका बेला सिँचाइ अभावको समस्या झेलिरहेका बेला नेपालमा सिँचाइ विस्तारको लक्ष्य पनि अझै पूरा हुन सकेको छैन । खेतीयोग्य जमिनको ठूलो हिस्सा अझै आकाशे पानीमै निर्भर रहँदा कृषकहरू उत्पादन जोखिमसँग जुध्न बाध्यभएका छन् ।
सिँचाइ तथा जलस्रोत विभागका अनुसार हालसम्म देशको आवश्यक सिँचाइ क्षेत्रमध्ये ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा विस्तार गरिएको छ । विभागको तथ्याङ्कअनुसार नेपालमा कूल ३५ लाख ५७ हजार ७६४ हेक्टर खेतीयोग्य जमिन रहेको छ । तीमध्ये २५ लाख ३६ हजार ३१९ हेक्टर जमिनमा नियमित सिँचाइ आवश्यक पर्ने भए पनि हालसम्म १५ लाख ९० हजार ३८८ हेक्टर क्षेत्रमा मात्रै सिँचाइ सुविधा पुगेको छ ।
यसवर्ष समयमै पर्याप्त वर्षा नहुँदा धेरै जिल्लाका किसानले रोपाइँका लागि पानीको अभाव झेलिरहेका छन् । कतिपय स्थानमा रोपाइँका लागि राखिएको धानको बीउ नै सुक्न थालेको छ भने धेरै किसान आकाशे पानीको प्रतीक्षामा छन् । यस्तो अवस्थाले धान उत्पादनमा असर पर्ने चिन्ता बढेको छ ।
ताजा समाचार
असार १५ः धान दिवससहित दही चिउरा खाएर मनाइँदै
काठमाडौँ । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदैछ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि...
स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगरको आफैँले चलाएको सवारी दुर्घटनामा निधन
प्यूठान । प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज रानामगरको सवारी दुर्घटनामा परी निधन भएको छ। शनिबार ९असार १३० आफूले चलाएको गाडी दुर्घटन...
अमेरिकाबाट फिर्ता ल्याइएको शाक्यमुनि बुद्धको प्राचीन मूर्ति पुनःस्थापना
काठमाण्डौँ । चोरले संयुक्त राज्य अमेरिका पुर्याएको १३औँ शताब्दीको शाक्यमुनि बुद्धको प्रस्तर मूर्ति स्थानीय न्हुच्छेवहालमा विधिपूर्वक पुनःस्थापना गर...
सरकारले अव्यवस्थित ढंगमै छोडे फेरि पुरानै ठाउँमा छाप्रो हाल्ने सुकुम्बासीहरूको च...
काठमाडौँ । विभिन्न होल्डिङ सेन्टरमा बस्दै आएका सुकुम्बासीलाई सरकारले दिएको रकम बुझेर सेन्टर खाली गर्न आग्रह गरेपछि, सरकारले अव्यवस्थित ढंगमै...
आज निर्जला एकादशी, तुलसीको दल राख्ने दिन
काठमाडौँ । ज्येष्ठ शुक्ल पक्षको एकादशीलाई निर्जला एकादशी भनिन्छ । श्रीहरिको प्रिय तिथि एकादशीमा भगवान् नारायणको पूजा गरिन्छ । आजको दिन गङ्गा...
एफएटीएफको ‘ग्रे लिस्ट’मा नेपाल यथावत्
काठमाडौँ । वित्तीय कारबाही कार्यदल एफएटीएफको ‘ग्रे लिस्ट’मा नेपाल यथावत् रहेको छ । फ्रान्सको पेरिसमा सम्पन्न एफएटीएफको पूर्ण बैठकले नेपाललाई सम्पत्...


