समाज/संस्कृति
चुनावी यात्रामा बेहोस भएका बालेनको टोलीका सदस्य दिनेश सिटौलाको अवस्था चिन्ताजनक
काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह बालेनसँगै चुनाव प्रचारमा खटिँदा ‘ब्रेन हेमरेज’ भएर उपचार गराइरहेका दिनेश सिटौलाको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ । दुई दिनदेखि काठमाडौँको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालको आईसीयू भेन्टिलेटरमा राखेर सिटौलाको उपचार भइरहेको छ। उनको स्वास्थ्य चिन्ताजनक रहेको अस्पतालले जनाएको हो ।
रास्वपाका वरिष्ठ नेता शाहसँगै सुदूरपश्चिम भ्रमणका क्रममा अछाम पुगेका सिटौला माघ १६ गते बिहान बेहोस भएर ढलेका थिए। उनलाई अछामबाट हेलिकप्टरमार्फत टोखास्थित ग्रान्डी इन्टरनेसनल अस्पताल ल्याइएको थियो ।
बेहोस भएर ढलेपछि सिटौलालाई अछाम जिल्ला अस्पताल लगिएको थियो । जिल्ला अस्पतालमा ४५ मिनेट सीपीआर दिइएको थियो। मुटुको चाल फर्किएपछि कृत्रिम श्वास दिएर सेनाको हेलिकप्टरमार्फत सुर्खेत लगिएको थियो । त्यहाँबाट हवाइ जहाजमार्फत काठमाडौँमा ल्याएको थियो । अस्पताल ल्याउँदा नै उनी बेहोस थिए । आईसीयू भेन्टिलेटरमा रहे पनि होस नखुलेकाले थप उपचार प्रक्रिया अगाडि बढ्न नसकेको अस्पतालले जनाएको छ । अस्पताल स्रोतका अनुसार अस्पताल ल्याउदा नै उनको स्वास्थ्य अवस्था गम्भीर रहेको थियो । अस्पतालमा ल्याउँदा नै उनी बेहोस रहेका थिए । आईसीयूमा राखेर होसमा ल्याउने प्रयास गरिए पनि सफल नभएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
ताजा समाचार
आज स्वस्थानी व्रत कथा समापन गरिँदै
काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघ...
आज सहिद दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाडौँ । विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर सहिद दिवस मनाइँदैछ। देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस म...
तीन सवारीसाधन ठोक्किँदा एकजनाको मृत्यु, एक घाइते
भक्तपुर । यहाँको कमलविनायक बसपार्क नजिकै टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छभने मोटरसाइकल चालक घाइते भएका छन् ।
कमलविनायकबाट च्यामासि...
US–Bangla दुर्घटनामा ऐतिहासिक फैसला: काठमाडौँ अदालतद्वारा असीमित क्षतिपूर्ति दिन...
काठमाडौँ । सन् २०१८ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको US–Bangla Airlines को विमान दुर्घटनामा काठमाडौं जिल्ला अदालतले ऐतिहासिक फैसला सुना...
मुस्ताङ, हुम्ला र बाजुरामा वर्षासँगै भारी हिमपात
मुस्ताङ । मङ्गलबार रातिदेखि जिल्लाका विभिन्न भेगमा भारी हिमपात भएको छ । यहाँका डाँडाकाँडा पूरै सेताम्मे भएका छन् । अधिकांश स्थानमा वर्षा पनि भएको छ...
अस्पतालबाटै किशोरीको शव हराएपछि गोलबजारमा चक्का जाम
सिरहा । सिरहाको गोलबजार नगरपालिका–३, जमदहकी करिब १६ वर्षीया किशोरी निशा बानियाँको शव अस्पतालबाटै हराएको घटनाले क्षेत्र तनावग्रस्त बनेको छ । घटनाको...


