आइतबार, २५ असोज २०८३
नेपाली

समाज/संस्कृति

Main News Image

लुम्बिनीका मुख्यमन्त्री आचार्यले भदौ १ मा विश्वासको मत लिने

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ १ गते प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । नेपाली कांग्रेसले साउन १२ गते प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री आचार्यले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार विश्वासको मत लिन लागेका हुन् ।

मुख्यमन्त्री आचार्यले विश्वासको मत लिएपछि मात्रै सरकार विस्तार र मन्त्रालय बाँडफाँट टुंग्याउने तयारी गरिएको छ । एमाले र नेकपाबीच भएको सहमतिअनुसार लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने र आचार्यलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिने निर्णय भइसकेको छ ।

युवा उद्यमशीलता र रोजगारीमा केन्द्रित भएर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

काठमाडौँ । विभिन्न सचेतनामूलक तथा प्रोत्साहनमूलक कार्यक्रमहरूको आयोजना गर्दै आज देशभर भव्य रूपमा अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ । यस वर्षको अन्...

म्याग्दीमा सुक्खा पहिराले घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृहमा क्षति : एक ब...

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ पोखरेबगरस्थित १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृहमा आज बिहान सुक्खा पहिरो खस्द...

अन्तिम सुरक्षा परीक्षणपछि साउनभित्रै नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सर्वसाधारणक...

काठमाडौँ । औपचारिक उद्घाटन भइसकेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग साउन महिनाभित्रै सर्वसाधारण तथा सार्वजनिक यातायातका लागि सञ्चालनमा ल्याइने भएको...

नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनभित्रै सर्वसाधारणका लागि खुला गरिने

काठमाडौँ । सडक विभागले नागढुंगा सिस्नेखोला सुरुङमार्ग साउन महिनाभित्रै सर्वसाधारणका लागि खुला गर्ने भएको छ । हाल उक्त सुरुङमार्ग आकस्मिक तथा आपत्का...

साउनको अन्तिम सोमबार : पशुपतिमा जल चढाउन सुन्दरीजलमा भक्तजनको घुइँचो

काठमाडौँ । सौरमासअनुसार साउन महिनाको अन्तिम सोमबार आराध्यदेव भगवान् श्री पशुपतिनाथलाई जल चढाउनका लागि हजारौँ भक्तजन सुन्दरीजल पुगेका छन् । प्रत्येक...

वैदेशिक रोजगार व्यवसायी आन्दोलित, श्रमिक पठाउन बन्द गर्ने घोषणा

काठमाडौँ । वैदेशिक रोजगार व्यवसायीहरूले आफ्ना माग सम्बोधन नभएसम्म वैदेशिक रोजगारीमा श्रमिक पठाउने कार्य बन्द गर्ने घोषणा गरेका छन् । नेपाल वैदेशिक...