सात महिनापछि गृहमन्त्री अर्यालमाथि मुद्दा चलाउँछौँ : महेश बस्नेत
काठमाडौँ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले गृहमन्त्री ओमप्रकाश अर्यालमाथि मुद्दा चलाउने चेतावनी दिएका छन् । जेनजी आन्दोलनमा भएका आगजनी, तोडफोड तथा लुटपाटका प्रमाण नष्ट गरेको अभियोगमा गृहमन्त्री अर्यालमाथि मुद्दा हाल्ने बताएका हुन् । उनले वर्तमान सरकार ढलेर नयाँ सरकार आएपछि अर्थात् सात महिनापछि अर्यालमाथि मुद्दा चलाउने बताएका छन् ।
बस्नेतले एक कार्यक्रममा भने, ‘गृहमन्त्री ओमप्रकाश अर्याललाई आगजनी, तोडफोड, लुट र चोरीको प्रमाण नष्ट गरेको अभियोगमा तिमीलाई मुद्दा लाग्छ । साथी । तयार भएर बस, तयार भएर बस । अहिले तिमी ६ महिना पन्छ्यौला । सात महिनापछाडि तिमीमाथिको मुद्दा हामीले चलाउँछौँ । तयार भएर बस । यो कुरा हामीले बडो स्पष्टसँग भन्न चाहन्छौँ ।’
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सार्वजनिक, सरकारी तथा निजी भवन र व्यापारिक प्रतिष्ठानमा आगजनी एवम् तोडफोड गरेको आरोपमा प्रहरीले पक्राउ गरेका करिब २ सय भन्दा बढी व्यक्तिहरू गृहमन्त्री अर्यालको निर्देशनपछि छुटेका थिए ।
गृहमन्त्रालयले उच्चस्तरीय छानबिन आयोगले काम गरिरहेकोले त्यसको प्रतिवेदन आएपछि मात्रै उनीहरूमाथि कारबाही चलाउन प्रहरीलाई निर्देशन दिएको थियो । तर पछि गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगले नै फौजदारी मुद्दामा आयोगको प्रतिवेदन कुन नपर्ने भनेपछि पुनः आगजनी र तोडफोडमा संलग्नमाथि कारबाही थालिएको थियो ।
एक्सप्रेस
सम्बन्धित खबर
शीतलहर र हिमपातको जोखिम न्यूनीकरण गर्न पूर्वतयारीमा ध्यान दिन गृहमन्त्रीको निर्देशन
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले संकटासन्न वर्ग, क्षेत्र र समुदायलाई केन्द्रित गरेर शीतलहर र हिमपात पूर्वतयारी र प्रतिकार्य थाल्न निर्देशन दिएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आ...
लेखराज भट्टले अस्वीकार गरे ओली समूहको सचिव पद
काठमाडौँ । नेकपा एमालेका सचिव लेखराज भट्टले सचिव पदमा उम्मेदवार नबन्ने बताएका छन् । अध्यक्ष केपी शर्मा ओली समूहबाट सचिव उम्मेदवारमा नाम आएपछि भट्टले त्यसबारे आफूलाई जानकारी नभएको बताए । नेकपा एमालेको जारी ११औँ महाधिवेश...
जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग
काठमाडौँ । जेनजी मुभमेन्ट नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका प्रतिनिधिसभा सदस्य कृष्णकुमार कार्की मोरङ–२ लाई भदौ २४, २०८२ मा सिंहदरबार तथा संसद् भवनमा भएको आगजनी र तोडफोड घटनामा प्रत्यक्ष संलग्न भएको आरोप लगाउँदै तत्काल पक्राउ गरी कानुनी...



