सात महिनापछि गृहमन्त्री अर्यालमाथि मुद्दा चलाउँछौँ : महेश बस्नेत
काठमाडौँ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले गृहमन्त्री ओमप्रकाश अर्यालमाथि मुद्दा चलाउने चेतावनी दिएका छन् । जेनजी आन्दोलनमा भएका आगजनी, तोडफोड तथा लुटपाटका प्रमाण नष्ट गरेको अभियोगमा गृहमन्त्री अर्यालमाथि मुद्दा हाल्ने बताएका हुन् । उनले वर्तमान सरकार ढलेर नयाँ सरकार आएपछि अर्थात् सात महिनापछि अर्यालमाथि मुद्दा चलाउने बताएका छन् ।
बस्नेतले एक कार्यक्रममा भने, ‘गृहमन्त्री ओमप्रकाश अर्याललाई आगजनी, तोडफोड, लुट र चोरीको प्रमाण नष्ट गरेको अभियोगमा तिमीलाई मुद्दा लाग्छ । साथी । तयार भएर बस, तयार भएर बस । अहिले तिमी ६ महिना पन्छ्यौला । सात महिनापछाडि तिमीमाथिको मुद्दा हामीले चलाउँछौँ । तयार भएर बस । यो कुरा हामीले बडो स्पष्टसँग भन्न चाहन्छौँ ।’
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सार्वजनिक, सरकारी तथा निजी भवन र व्यापारिक प्रतिष्ठानमा आगजनी एवम् तोडफोड गरेको आरोपमा प्रहरीले पक्राउ गरेका करिब २ सय भन्दा बढी व्यक्तिहरू गृहमन्त्री अर्यालको निर्देशनपछि छुटेका थिए ।
गृहमन्त्रालयले उच्चस्तरीय छानबिन आयोगले काम गरिरहेकोले त्यसको प्रतिवेदन आएपछि मात्रै उनीहरूमाथि कारबाही चलाउन प्रहरीलाई निर्देशन दिएको थियो । तर पछि गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगले नै फौजदारी मुद्दामा आयोगको प्रतिवेदन कुन नपर्ने भनेपछि पुनः आगजनी र तोडफोडमा संलग्नमाथि कारबाही थालिएको थियो ।
एक्सप्रेस
सम्बन्धित खबर
बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय
बागमती । बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन तथा व्यवस्थापन ओएनएम सर्वेक्षणसम्बन्धी खाका स्वीकृत गर्दै हाल कायम दरबन्दीमध्ये १३४ पद घटाउने निर्णय गरेको छ । बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेशअन्तर्गत कार...
रवि भन्छन्- घण्टी बजाउने कि लौरो टेक्ने, समयले बताउने छ
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछाने र काठमाडौंका मेयर बालेन शाहबीचको छलफल सकिएको छ । ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको घरमा उनीहरूबीच आज लामो छलफल भएको थियो ।
छलफल सकेर बाहिर निस्किएका रास्वपा...
तलब भत्ता नखाने र सरकारी सुविधा नलिने सुधन गुरुङको घोषणा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद सुधन गुरुङले तलब भत्ता तथा सरकारी सुविधान नलिने घोषणा गरेका छन् । पार्टीले ललितपुरमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा सहभागी हुन पुगेका गुरुङले सञ्चारकर्मीसामू उक्त घोषणा गरेका हुन् । उनले ग...
ओलीप्रति प्रचण्डको कटाक्ष : पटक–पटक संसद विघटन गर्नेले पुनर्स्थापना भनेर वितण्डा गर्दैछन्
काठमाडौँ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले संसद् पुनःस्थापनाको कुरा गर्नु हास्यास्पद भएको बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै उनले वितण्डाका लागि संसद पुनर्स्थापनाको कुरा...
सचिन ढकालले पनि रास्वपाको समानुपातिक सूचीबाट नाम फिर्ता लिए
काठमाडौँ । व्यसायी चन्द्र ढकालका छोरा सचिन ढकालले रास्वपाको समानुपातिक सूचीबाट नाम फिर्ता लिएको घोषणा गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट प्रतिनिधिसभा सदस्यका लागि समानुपातिकतर्फ उम्मेदवार बनेको उनले व्यक्तिगत कारणले नाम फिर्ता लिएको...
प्रचण्डको प्रश्न : कप्तानगञ्जमा त्यो स्तरको गोली चलाउनै पर्ने अवस्था थियो ?
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको विद्यमान राजनीतिक तथा सुरक्षा अवस्था सहज नरहेको बताएका छन् ।
प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा बोल्दै संयोजक प्रचण्डले आमनिर्वाचनमा जनता...



