सोमबार, ०९ कात्तिक २०८३
नेपाली

पत्रकार दिनेश सिटौलाको असामयिक निधन, ४३ वर्षमै रोकियो सक्रिय पत्रकारिताको यात्रा

Main News Image

काठमाडौँ । चलचित्र पत्रकारिता क्षेत्रमा लामो समयदेखि सक्रिय पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको छ। एन्यूरिज्म रप्चर (ब्रेन ह्यामरेजको एक प्रकार) बाट पीडित सिटौलालाई चिकित्सकले आज दिउँसो १२ः४५ बजे मृत घोषणा गरेका हुन् ।

अछाममा रहेका बेला अचानक बेहोस भएर ढलेपछि गम्भीर अवस्थामा परेका सिटौलालाई शुक्रबार काठमाडौं ल्याइएको थियो । ग्राण्डी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहे पनि उनको स्वास्थ्यमा सुधार आउन सकेन ।

४३ वर्षीय सिटौला अविवाहित थिए । उनका परिवारमा पिता, एक दिदी र दुई दाजुभाइ छन् । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी गरिएको परिवारजनले जनाएका छन् । चलचित्र पत्रकार संघका पूर्वअध्यक्ष समेत रहेका सिटौलाले सयौँ नेपाली चलचित्रको प्रचार–प्रसारमा उल्लेखनीय योगदान दिएका थिए। पछिल्लो समय उनी राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहको चुनावी अभियान टोलीसँग आबद्ध भई अछाम पुगेका थिए ।


सिटौलाको निधनले चलचित्र पत्रकारिता र सञ्चार क्षेत्रले एक कर्मठ, सक्रिय र अनुभवी पत्रकार गुमाएको छ । उनका सहकर्मी, कलाकार र शुभेच्छुकहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।


mediabaaji add

सम्बन्धित खबर

नेपाल कृषि सहकारी केन्द्रीय संघमा नयाँ नेतृत्व चयन अध्यक्षमा उप्रेती

काठमाण्डौँ । नेपाल कृषि सहकारी केन्द्रीय संघ लि को ५औँ अधिवेशनबाट एकराज उप्रेतीको नेतृत्वमा १५ सदस्य रहेको नयाँ कार्यसमिति चयन भएको छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा पूर्ण शर्मा महिला उपाध्यक्षमा मीना कुमारी ढकाल र सिचवमा चिरन्जिवी केसी निर्वाचित...

आज नाग पञ्चमी पर्व मनाइँदै, कसरी टाँस्ने ? के छ विधि र महत्त्व ?

काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमी पर्व आज देशभरका हिन्दु धर्मावलम्बीहरूले श्रद्धा र भक्तिका साथ मनाउँदै छन् । आजको दिन घर तथा कार्यालयका मूल ढोकामा नागको तस्बिर टाँसेर नाग देवताको पूजा अर्चना गर्ने परम्परा रहेको...

पुनहिल र तातोपानी कुण्डबाट सोहोरियो करोडौं राजस्व, अन्नपूर्णको आन्तरिक आय बलियो

म्याग्दी ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आफ्ना प्रमुख पर्यटकीयस्थलहरूलाई आन्तरिक आम्दानीको मुख्य स्रोत बनाएको छ। गाउँपालिकाले चालु आर्थिक वर्ष २०८३र०८४ मा पर्यटकीयस्थलहरूमा प्रवेश शुल्क संकलन तथा चिया पसल सञ्चालनका लागि ठेक्का लगाएर १ कर...

कोशी र तराईमा तनाव बढेपछि पूर्वराजा ज्ञानेन्द्र शाहको गम्भीर चिन्ता : जारी गरे सद्भाव र एकताको विशेष सन्देश

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले सुनसरीमा भएको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै सामाजिक सद्भाव, एकता र आपसी सहिष्णुता कायम राख्न सबै नेपालीलाई आग्रह गरेका छन् ।

बिहीबारजारी गरेको सन्देशमा उनले सुनसरीका केही गाउँबस्तीमा भएको द्वन्द...

भीमफेदी कारागारका १ सय ६८ कैदीबन्दी अझै फरार

बागमती । मकवानपुरको भीमफेदीस्थित क्षेत्रीय कारागारबाट फरार भएकामध्ये दुई सय ७२ जना कैदीबन्दी कारागार फर्किएका छन् भने एक सय ६८ जना कैदीबन्दी अझै फरार छन् । गत भदौ २४ गते राति कारागारको पर्खाल भत्काएर फरार भएका चार सय ४...

पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई गरियो बिदाइ

काठमाडौँ । महाशिवरात्रिको उपलक्ष्यमा पशुपतिनाथको दर्शनका लागि आएका नागा बाबालगायत साधुसन्तलाई दान दक्षिणासहित बिदाइ गरिएको छ । साधुसन्तलाई गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले दान दक्षिणासहित बिदाइ गरेको हो ।

बिदाइका लागि संस्थानले करिब...