पत्रकार दिनेश सिटौलाको असामयिक निधन, ४३ वर्षमै रोकियो सक्रिय पत्रकारिताको यात्रा
काठमाडौँ । चलचित्र पत्रकारिता क्षेत्रमा लामो समयदेखि सक्रिय पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको छ। एन्यूरिज्म रप्चर (ब्रेन ह्यामरेजको एक प्रकार) बाट पीडित सिटौलालाई चिकित्सकले आज दिउँसो १२ः४५ बजे मृत घोषणा गरेका हुन् ।
अछाममा रहेका बेला अचानक बेहोस भएर ढलेपछि गम्भीर अवस्थामा परेका सिटौलालाई शुक्रबार काठमाडौं ल्याइएको थियो । ग्राण्डी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहे पनि उनको स्वास्थ्यमा सुधार आउन सकेन ।
४३ वर्षीय सिटौला अविवाहित थिए । उनका परिवारमा पिता, एक दिदी र दुई दाजुभाइ छन् । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी गरिएको परिवारजनले जनाएका छन् । चलचित्र पत्रकार संघका पूर्वअध्यक्ष समेत रहेका सिटौलाले सयौँ नेपाली चलचित्रको प्रचार–प्रसारमा उल्लेखनीय योगदान दिएका थिए। पछिल्लो समय उनी राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहको चुनावी अभियान टोलीसँग आबद्ध भई अछाम पुगेका थिए ।
सिटौलाको निधनले चलचित्र पत्रकारिता र सञ्चार क्षेत्रले एक कर्मठ, सक्रिय र अनुभवी पत्रकार गुमाएको छ । उनका सहकर्मी, कलाकार र शुभेच्छुकहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
सवोच्चको आदेशले अन्योलमा मधेश प्रदेश
जनकपुर । मुख्यमन्त्री नियुक्ति सम्बन्धी रिटमा मंगलबार सर्वोच्च अदालतले दिएको आदेशले मधेश प्रदेशमा अन्योल सृजना भएको छ । मंगलबार सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई मुद्दा किनारा नलागेसम्म नीति...
गायक दर्जीमाथि हातपात प्रकरण : निष्पक्ष छानबिन गर्न नीता ढुङ्गानाको माग
काठमाडौँ । बालकलाकार तथा गायक अशोक दर्जीमाथि दुर्व्यवहार गरिएको भिडियो भाइरल भएपछि चलचित्र ‘पार्वती’ टोलीले गम्भीर आपत्ति जनाउँदै उनको समर्थनमा ऐक्यबद्धता जनाएको छ ।
चलचित्रकी निर्मात्री एवम् अभिनेत्री नीता ढुङ्गाना अधिकारीले सामाजिक सञ्जालम...
शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले विभिन्न विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूलाई आज मन्त्रालयमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ गराएका छन् ।
प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति व...
दशैंमा उपत्यकाबाट करिब १० लाख यात्रु गाउँ फर्किने अनुमान : दयनीय सडकले यात्रा जोखिमपूर्ण
काठमाडौँ । दशैं नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट गाउँघर फर्किने सर्वसाधारणको भीडभाड दिनप्रतिदिन बढ्दो छ। घटस्थापना सकिएसँगै दसैँलगायतका मुख्य चाडपर्व मनाउनका लागि उपत्यका छाड्ने यात्रुहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भइरहेको छ।
वर्षमा एकप...
चिसो बढेसँगै तराईका अस्पतालमा टाउको दुखाइका बिरामी बढे
काठमाडौँ । तराई क्षेत्रमा चिसोको लहर बढेसँगै टाउको दुखाइको समस्या लिएर अस्पताल पुग्ने बिरामीको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ । चिकित्सकहरूका अनुसार चिसो हावा, तापक्रमको अचानक परिवर्तन र शरीरमा पानीको कमी यसका प्रमुख कारण हुन् ।
कोशी अस्पताल...
भोटेकोशीमा फेरि बाढी : तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौँ । रसुवाको ल्हेन्दे खोला हुँदै भोटेकोशी नदीमा पुनः भीषण बाढी आएको छ । बाढीका कारण हुनसक्ने सम्भावित मानवीय तथा भौतिक क्षतिबाट जोगिन तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।
रसुवाका सहायक प्रमुख...



