मङ्गलबार, १० कात्तिक २०८३
नेपाली

पत्रकार दिनेश सिटौलाको असामयिक निधन, ४३ वर्षमै रोकियो सक्रिय पत्रकारिताको यात्रा

Main News Image

काठमाडौँ । चलचित्र पत्रकारिता क्षेत्रमा लामो समयदेखि सक्रिय पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको छ। एन्यूरिज्म रप्चर (ब्रेन ह्यामरेजको एक प्रकार) बाट पीडित सिटौलालाई चिकित्सकले आज दिउँसो १२ः४५ बजे मृत घोषणा गरेका हुन् ।

अछाममा रहेका बेला अचानक बेहोस भएर ढलेपछि गम्भीर अवस्थामा परेका सिटौलालाई शुक्रबार काठमाडौं ल्याइएको थियो । ग्राण्डी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहे पनि उनको स्वास्थ्यमा सुधार आउन सकेन ।

४३ वर्षीय सिटौला अविवाहित थिए । उनका परिवारमा पिता, एक दिदी र दुई दाजुभाइ छन् । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी गरिएको परिवारजनले जनाएका छन् । चलचित्र पत्रकार संघका पूर्वअध्यक्ष समेत रहेका सिटौलाले सयौँ नेपाली चलचित्रको प्रचार–प्रसारमा उल्लेखनीय योगदान दिएका थिए। पछिल्लो समय उनी राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहको चुनावी अभियान टोलीसँग आबद्ध भई अछाम पुगेका थिए ।


सिटौलाको निधनले चलचित्र पत्रकारिता र सञ्चार क्षेत्रले एक कर्मठ, सक्रिय र अनुभवी पत्रकार गुमाएको छ । उनका सहकर्मी, कलाकार र शुभेच्छुकहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।


mediabaaji add

सम्बन्धित खबर

निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी

काठमाडौF . आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थालेको छ । आसन्न नि...

सवोच्चको आदेशले अन्योलमा मधेश प्रदेश

जनकपुर । मुख्यमन्त्री नियुक्ति सम्बन्धी रिटमा मंगलबार सर्वोच्च अदालतले दिएको आदेशले मधेश प्रदेशमा अन्योल सृजना भएको छ । मंगलबार सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई मुद्दा किनारा नलागेसम्म नीति...

प्रधानमन्त्रीको राजीनामा माग गर्दै निकोलस भुसाल आमरण अनसनमा

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै डा निकोलस भुसालले आमरण अनसन सुरु गरेका छन् । भुसालले मंगलबार ८ पुस राति १० बजेदेखि माइतीघरमा आमरण अनसन सुरु गरेका हुन् । जेनजी अगुवा मिराज ढुंगानाको समूहले प्रधानमन्त्रीको राजीनामा माग गर...

गोकर्णेश्वरमा पौषकृष्ण औँसीको श्राद्ध गर्न घुइँचो

काठमाडौँ । गोकर्णेश्वर उत्तर गया क्षेत्रमा पौषकृष्ण औँसीका अवसरमा श्राद्ध गर्ने भक्तजनको बिहानैदेखि घुइँचो छ । गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्न आउने भक्तजनको घुइँचोका कारण जोरपाटी(गोकर्ण(सुन्दरीजल सडकमा बिहानैदेखि जाम भएको छ ।

सो मार्गमा...

नारायणहिटी हत्याकाण्डको २५ वर्ष, इतिहासकै त्यो रहस्यमय दिन

काठमाडौँ । नेपालको इतिहासकै सबैभन्दा कहालीलाग्दो र रहस्यमय घटनाका रूपमा रहेको नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २५ वर्ष पूरा भएको छ । पूर्वराजा वीरेन्द्र वीर विक्रम शाहसहित उनको सम्पूर्ण परिवारको हत्या भएको यस ऐतिहासिक दिनको सम्झनामा आज देशका वि...

आत्मदाहको प्रयास गरेका तेस्रो व्यक्ति विवेक मण्डलको पनि मृत्यु

काठमाडौँ । सर्लाहीको गोडैताका विवेक मण्डलको उपचार क्रममा मृत्यु भएको छ । असार २५ गते आत्मदाहको प्रयास गरेका उनको कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा राति दुई बजे निधन भएको हो । उनलाई शुक्रबार सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको थियो । सर्...