सोमबार, १८ जेठ २०८३
नेपाली

एनपीएलमा आज दुई खेल, प्लेअफका लागि पोखरा र चितवनलाई जित्नैपर्ने दबाब

Main News Image

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आज दुई महत्त्वपूर्ण खेल हुँदैछन् । आजको पहिलो खेल ११:४५ बजे पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाजबीच हुनेछ भने अपराह्न ४:०० बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोज आमनेसामने हुनेछन् ।

प्लेअफको दौडमा रहेको पोखरा एभेन्जर्सले पाँच खेलबाट जम्मा चार अङ्क जोडेको छ, त्यसैले प्लेअफको सम्भावना जीवित राख्न आजको खेल जित्नै पर्ने दबाबमा छ। काठमाडौँ गोर्खाजले भने ६ खेलबाट आठ अङ्क जोडेको छ। अर्को खेलमा, १० अङ्कका साथ शीर्ष स्थानमा रहँदै प्लेअफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजको सामना गर्नेछ। पाँच खेलबाट चार अङ्क मात्र जोडेको चितवनलाई पनि प्लेअफमा स्थान बनाउनका लागि आजको खेल जित्नै पर्ने बाध्यता छ।

अंक तालिका
आठ टिम सहभागी एनपीएलमा अहिलेसम्म सुदूरपश्चिममात्र अपराजित रहेको छ । सुदूरले खेलेका पाँच ओटै खेल जितेको छ । सुदूर प्लेअफमा पुग्ने पहिलो टिम बनेको छ ।  काठमाडौँ गोर्खाज ६ खेलमा ८ अंकसहित दोस्रो स्थानमा रहेको छ । विराटनगर ६ खेलमा चार खेल जितेर ८ अंकसहित तेस्रो स्थानमा छ । पोखरा एभेन्जर्स ६ खेलमा ६ अंकसहित चौथो स्थानमा छ । चितवन राइनोज ५ खेलबाट ४ अंकसहित पाँचौँ स्थानमा छ । 

लुम्बिनी लायन्स ५ खेलमा ४ अंकसहित छैटौँ स्थानमा छ । कर्णाली याक्स ६ खेलमा २ अंकसहित सातौँ स्थानमा छ । साविक विजेता जनकपुरमात्र ५ खेलबाट २ अंकसहित पुछारमा छ । 

यसअघिका खेलको नतिजाः 

२२ औँ खेलमा  विराटनगर किंग्समाथि लुम्बिनी लायन्स हावी 
नेपाल प्रिमियर लिग एनपीएल टी(२० क्रिकेटको २२ औँ खेलमा विराटनगर किंग्सलाई पराजित गर्दै लुम्बिनी लायन्सले प्लेअफमा पुग्ने सम्भावना कायम राखेको छ । विराटनगरलाई ५ विकेटले हराउँदै लुम्बिनी चौथो स्थानमा पुगेको छ । 

जितका लागि १४५ रनको चुनौती पछ्याएको लुम्बिनीले १७ ओभर ४ बलमै ५ विकेटको क्षतिमा पूरा गरेको हो । 

लुम्बिनीका लागि डार्ची शर्टले ४४ बलमा ५७ रन बनाए । त्यस्तै निरोशन डिकेवालाले २२ बलमा अविजित रहँदै २९ रन बनाए । 

यसअघि टस जितेर लुम्बिनीले बलिङ रोजेसँगै ब्याटिङ गरेको विराटनगरले ८ विकेटको क्षतिमा १४४ रन बनायो ।

लोकेश बमले ४२ बलमा ३५ रन बनाएको इनिङ्समा बसिर अहमदले २८ तथा साम हेज्लेटले २७ रन जोडे । पहिलो खेल खेलेका दक्षिण अफ्रिकी खेलाडी फाप डु प्लेसिसले ९ बलमा १२ रनमात्र जोडे । 

लुम्बिनीका लागि शेर मल्लले ३ विकेट लिए । 

mediabaaji add

सम्बन्धित खबर

एसीसी प्रिमियर कप : सेमिफाइनलमा नेपाल मलेसियासँग खेल्दै

काठमाडौँ । संयुक्त अरब इमिरेट्स यूएईमा जारी एसीसी पुरुष यू १९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज मलेसियासँग खेल्दैछ। यो खेल अजमान मैदानमा बिहान ९ बजेदेखि सुरु हुनेछ । नेपाल समूह ‘ए’ को...

रोहित बने विश्वकै सबैभन्दा बढी छक्का हान्ने खेलाडी

काठमाडौँ । भारतीय क्रिकेटर रोहित शर्मा एक दिवसीय क्रिकेटमा सबैभन्दा बढी छक्का हान्ने खेलाडी बनेका छन् । दक्षिण अफ्रिकाविरुद्ध राँचीमा भइरहेको एक दिवसीय क्रिकेटमा तीन ओटा छक्का प्रहार गरेसँगै रोहित विश्वकै सर्वाधिक छकका...

खेलाडीको नयाँ वर्गीकरण,पहिलो पटक ‘ए प्लस’ श्रेणी थप

काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानले सन् २०२६ का लागि राष्ट्रिय क्रिकेट खेलाडीहरूको नयाँ केन्द्रीय सम्झौता सेन्ट्रल कन्ट्रयाक्ट र पारिश्रमिकको नयाँ संरचना सार्वजनिक गरेको छ । सन् २०२५,०२६ को घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा खेलाडीहरूको स...

काठमाडौँको जितसहित तालिकाको तेस्रो स्थानमा उक्लियो

काठमाडौँ । काठमाडौँ गोर्खाजले नेपाल प्रिमियर लिग ९एनपिएल० मा बिहीबार भएको बागमती डर्बीमा चितवन राइनोजलाई ५३ रनले पराजित गर्दै तेस्रो जित दर्ता गरेको छ । पाँच खेलपछि काठमाडौँले ६ अंक जोडेर तालिकाको तेस्रो स्थानमा उक्लिए...

साफ महिला च्याम्पियनसिपको तयारी पूरा

काठमाण्डौँ । पोखरा रङ्गशालाभित्रको फुटबल रङ्गशालामा भोलिदेखि सुरु हुने दक्षिण एसियाली खेलकुद महासङ्घ साफ यू–१९ महिला च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको छ । प्रतियोगिताको उद्घाटन खेल बङ्गलादेश र भुटानका बीच दिउँसो १२ बजे हुनेछ । 

य...

आर्मीका राजन र धादिङकी सन्तोषी गरिमा रोड रेस विजेता

काठमाडौँ । नेपाल आर्मीका राजन रोकाया र धादिङकी सन्तोषी श्रेष्ठ दोश्रो गरिमा रोड रेसमा च्याम्पियन बनेका छन् । १० किलोमिटर दूरीको दौडमा राजन पुरुष र सन्तोषी महिलामा पहिलो भएका हुन् । राजनले निर्धारित दूरी २९ मिनेट १२.१२...