एनपीएलमा आज दुई खेल, प्लेअफका लागि पोखरा र चितवनलाई जित्नैपर्ने दबाब
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आज दुई महत्त्वपूर्ण खेल हुँदैछन् । आजको पहिलो खेल ११:४५ बजे पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाजबीच हुनेछ भने अपराह्न ४:०० बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोज आमनेसामने हुनेछन् ।
प्लेअफको दौडमा रहेको पोखरा एभेन्जर्सले पाँच खेलबाट जम्मा चार अङ्क जोडेको छ, त्यसैले प्लेअफको सम्भावना जीवित राख्न आजको खेल जित्नै पर्ने दबाबमा छ। काठमाडौँ गोर्खाजले भने ६ खेलबाट आठ अङ्क जोडेको छ। अर्को खेलमा, १० अङ्कका साथ शीर्ष स्थानमा रहँदै प्लेअफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजको सामना गर्नेछ। पाँच खेलबाट चार अङ्क मात्र जोडेको चितवनलाई पनि प्लेअफमा स्थान बनाउनका लागि आजको खेल जित्नै पर्ने बाध्यता छ।
अंक तालिका
आठ टिम सहभागी एनपीएलमा अहिलेसम्म सुदूरपश्चिममात्र अपराजित रहेको छ । सुदूरले खेलेका पाँच ओटै खेल जितेको छ । सुदूर प्लेअफमा पुग्ने पहिलो टिम बनेको छ । काठमाडौँ गोर्खाज ६ खेलमा ८ अंकसहित दोस्रो स्थानमा रहेको छ । विराटनगर ६ खेलमा चार खेल जितेर ८ अंकसहित तेस्रो स्थानमा छ । पोखरा एभेन्जर्स ६ खेलमा ६ अंकसहित चौथो स्थानमा छ । चितवन राइनोज ५ खेलबाट ४ अंकसहित पाँचौँ स्थानमा छ ।
लुम्बिनी लायन्स ५ खेलमा ४ अंकसहित छैटौँ स्थानमा छ । कर्णाली याक्स ६ खेलमा २ अंकसहित सातौँ स्थानमा छ । साविक विजेता जनकपुरमात्र ५ खेलबाट २ अंकसहित पुछारमा छ ।
यसअघिका खेलको नतिजाः
२२ औँ खेलमा विराटनगर किंग्समाथि लुम्बिनी लायन्स हावी
नेपाल प्रिमियर लिग एनपीएल टी(२० क्रिकेटको २२ औँ खेलमा विराटनगर किंग्सलाई पराजित गर्दै लुम्बिनी लायन्सले प्लेअफमा पुग्ने सम्भावना कायम राखेको छ । विराटनगरलाई ५ विकेटले हराउँदै लुम्बिनी चौथो स्थानमा पुगेको छ ।
जितका लागि १४५ रनको चुनौती पछ्याएको लुम्बिनीले १७ ओभर ४ बलमै ५ विकेटको क्षतिमा पूरा गरेको हो ।
लुम्बिनीका लागि डार्ची शर्टले ४४ बलमा ५७ रन बनाए । त्यस्तै निरोशन डिकेवालाले २२ बलमा अविजित रहँदै २९ रन बनाए ।
यसअघि टस जितेर लुम्बिनीले बलिङ रोजेसँगै ब्याटिङ गरेको विराटनगरले ८ विकेटको क्षतिमा १४४ रन बनायो ।
लोकेश बमले ४२ बलमा ३५ रन बनाएको इनिङ्समा बसिर अहमदले २८ तथा साम हेज्लेटले २७ रन जोडे । पहिलो खेल खेलेका दक्षिण अफ्रिकी खेलाडी फाप डु प्लेसिसले ९ बलमा १२ रनमात्र जोडे ।
लुम्बिनीका लागि शेर मल्लले ३ विकेट लिए ।
एक्सप्रेस
सम्बन्धित खबर
आइसीसी टी–२० विश्वकपमा लगातार तेस्रो हार व्यहोरेसँगै नेपाली टोली सुपर ८ दौडबाट बाहिरिए
काठमाण्डौँ । भारत र श्रीलंकामा जारी आइसीसी टी–२० विश्वकपमा लगातार तेस्रो हार व्यहोरेसँगै नेपाली राष्ट्रिय क्रिकेट टोली सुपर ८ दौडबाट बाहिरिएको छ।
आइतबार भएको समूह चरणको तेस्रो खेलमा वेस्ट इन्डिजसँग ९ विकेटले पराजित भएपछि नेपाल सुपर ८ दौडबाट...
फाइनलको आशा जीवित राख्न नेपाल आज भुटानसँग भिड्दै
काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय फुटबल रङ्गशालामा जारी १९ वर्षमुनिको यू–१९ साफ महिला च्याम्पियनसीप अन्तर्गत आज लिग चरणका दुई महत्त्वपूर्ण खेलहरू हुँदैछन् । पहिलो खेलमा दक्षिण एसियाली फुटबलका दुई बलिया प्रतिद्वन्द्वी बङ्गलादेश र भारतबीच मध्याह्न १२...
एसीसी यु-१९ प्रिमियर कपको फाइनलमा नेपाल
काठमाडौँ । एसीसी यु–१९ प्रिमियर कप क्रिकेटको फाइनलमा नेपाल पुगेको छ । ओपनिङ बलर नितेशकुमार पटेल र चन्दन रामको उत्कृष्ट बलिङले नेपालले शनिबार सेमिफाइनलमा मलेसियालाई ९ विकेटले पराजित गरेको हो । टस जितेको नेपालले मल...
काठमाडौँको जितसहित तालिकाको तेस्रो स्थानमा उक्लियो
काठमाडौँ । काठमाडौँ गोर्खाजले नेपाल प्रिमियर लिग ९एनपिएल० मा बिहीबार भएको बागमती डर्बीमा चितवन राइनोजलाई ५३ रनले पराजित गर्दै तेस्रो जित दर्ता गरेको छ । पाँच खेलपछि काठमाडौँले ६ अंक जोडेर तालिकाको तेस्रो स्थानमा उक्लिए...
एनपीएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै
काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको फाइनल खेल आज हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ३ः३० बजे सुरु हुने फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स...
ब्याटिङ ‘कोल्याप्स’ ले डुबायो नेपाल ए, ओमानसँग ७० रनले हार
काठमाडौँ । माथिल्लो मुलपानी मैदानमा भएको अभ्यास एकदिवसीय खेलमा नेपाल ए ओमानसँग ७० रनले पराजित भएको छ। २८१ रनको लक्ष्य पछ्याएको नेपाल २१० रनमै अलआउट भयो।
नेपालले उत्कृष्ट सुरुवात गर्दै एक समय १७७–२ को बलियो अवस्थामा पुगेको थियो। तर त्यसपछि के...


