बिहिबार, १२ कात्तिक २०८३
नेपाली

समानुपातिक सूची बुझाउने आज अन्तिम दिन, भोलिदेखि छानबिन शुरु

Main News Image

काठमाडौँ ।  आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रक्रिया निकै उत्साहका साथ अघि बढिरहेको छ । यसैक्रममा निर्वाचन आयोगले तोकेको कार्यतालिकाअनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फको ११० जना उम्मेदवारको बन्दसूची बुझाउने आज सोमबार, पुस १४ गते अन्तिम दिन हो ।

आयोगले हिजो पुस १३ र आज १४ गतेका लागि यो समय सीमा निर्धारण गरेको थियो। आइतबार नेपाल मजदुर किसान पार्टी ९नेमकिपा० सहित तीन साना दलले मात्र आफ्नो सूची बुझाएका थिए भने नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र लगायतका प्रमुख दलहरू आज साँझसम्म सूची बुझाउने गरी आन्तरिक गृहकार्य र छलफलमा व्यस्त छन् । 

दलहरूले बुझाउने यो सूचीमा महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारू र मुस्लिम लगायतका क्लस्टरहरूको अनिवार्य प्रतिनिधित्व गराउनुपर्ने कानुनी व्यवस्था छ । आज कार्यालय समयभित्र दर्ता भएका यी बन्दसूचीमाथि आयोगले पुस १५ गतेदेखि २० गतेसम्म विस्तृत छानबिन गर्नेछ। यदि कुनै दलको सूचीमा कानुनी प्रक्रिया वा क्लस्टर नमिलेको पाइएमा पुस २१ देखि २७ गतेसम्म सच्याउने मौका दिइनेछ। आयोगले माघ ४ गते बन्दसूचीको प्रारम्भिक प्रकाशन गर्नेछ भने माघ २० गते उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गर्ने कार्यतालिका रहेको छ। 

प्रतिनिधि सभाका २७५ सदस्यमध्ये ११० जना यही समानुपातिक सूचीका आधारमा देशभरबाट प्राप्त कुल सदर मतको अनुपातमा निर्वाचित हुनेछन्।

mediabaaji add

सम्बन्धित खबर

रविले वारेसबाट दर्ता गराए उम्मेदवारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले वारेसमार्फत चितवन क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गरेका छन् । सहकारी सम्बन्धी मुद्दाका लागि उनी वीरगञ्ज पुगेका थिए । त्यसक्रममा उपस्थित हुन नभ्याउने भएपछि रविले वारेसमार्फत उम्...

प्रचण्डको लगानी भन्दै रिसोर्टमा आगजनी गरेको आरोपमा ५ जना पक्राउ

पोखरा । जेन–जी आन्दोलनको क्रममा पोखराको लेकसाइडमा रहेको बरपिपल रिसोर्टमा आगजनी र लुटपाट गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ पर्नेमा २९ वर्षीय रूपक नेपाली,...

जननिर्वाचित सरकार ढल्नु लोकतन्त्र र संविधान ढल्नु हो : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सन् २०२६ लोकतन्त्र र संविधानको पुनरोत्थानको वर्ष बन्नुपर्ने बताएका छन् । सन् २०२५ मा भत्किएको लोकतन्त्र र खण्डित गरिएको, मिचिएको संविधानलाई सन् २०२६ मा मजबुत बनाई उठाउनुपर्ने उनले बताएका हुन् । नया...

तिमीहरूको सबै माग पूरा गर्न सक्दिन, निर्वाचनपछि आफ्नै सरकार बनाएर पूरा गर : मन्त्री पुन

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले युवाहरूलाई आफ्नै गाउँ फर्केर नेतृत्व विकास गर्नुपर्ने बताएका छन् । सोमबार सिंहदरबारस्थित मन्त्रालयमा जेनजीले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै मन्त्री पुनले यस्तो आग्रह गरेका हुन् । उनले कतिप...

स्वच्छ निर्वाचन गराउन आयोग क्रियाशील छ : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्वच्छ, निष्पक्ष र विश्वसनीय निर्वाचन गराउन निर्वाचन आयोग लागिरहेको बताएका छन्। आयोगले बिहीबार आयोजना गरेको नेपालस्थित कूटनीतिक नियोगका अधिकारीसँगको अन्तरक्रिया कार्यक्रममा उनले निर्व...

आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमन अधिकृतलाई थप निर्देशन दिएको छ । आयोगले आजदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म पालना गर्नुपर्ने विशेष आचरण प्रभावकारी कार्यान्वयनका लागि निर्देशन दिएको हो । यही फागुन २१ गते प्रतिनिध...