समानुपातिक सूची बुझाउने आज अन्तिम दिन, भोलिदेखि छानबिन शुरु
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रक्रिया निकै उत्साहका साथ अघि बढिरहेको छ । यसैक्रममा निर्वाचन आयोगले तोकेको कार्यतालिकाअनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फको ११० जना उम्मेदवारको बन्दसूची बुझाउने आज सोमबार, पुस १४ गते अन्तिम दिन हो ।
आयोगले हिजो पुस १३ र आज १४ गतेका लागि यो समय सीमा निर्धारण गरेको थियो। आइतबार नेपाल मजदुर किसान पार्टी ९नेमकिपा० सहित तीन साना दलले मात्र आफ्नो सूची बुझाएका थिए भने नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र लगायतका प्रमुख दलहरू आज साँझसम्म सूची बुझाउने गरी आन्तरिक गृहकार्य र छलफलमा व्यस्त छन् ।
दलहरूले बुझाउने यो सूचीमा महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारू र मुस्लिम लगायतका क्लस्टरहरूको अनिवार्य प्रतिनिधित्व गराउनुपर्ने कानुनी व्यवस्था छ । आज कार्यालय समयभित्र दर्ता भएका यी बन्दसूचीमाथि आयोगले पुस १५ गतेदेखि २० गतेसम्म विस्तृत छानबिन गर्नेछ। यदि कुनै दलको सूचीमा कानुनी प्रक्रिया वा क्लस्टर नमिलेको पाइएमा पुस २१ देखि २७ गतेसम्म सच्याउने मौका दिइनेछ। आयोगले माघ ४ गते बन्दसूचीको प्रारम्भिक प्रकाशन गर्नेछ भने माघ २० गते उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गर्ने कार्यतालिका रहेको छ।
प्रतिनिधि सभाका २७५ सदस्यमध्ये ११० जना यही समानुपातिक सूचीका आधारमा देशभरबाट प्राप्त कुल सदर मतको अनुपातमा निर्वाचित हुनेछन्।
एक्सप्रेस
सम्बन्धित खबर
राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल आज कतार प्रस्थान गरेका छन्। कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन उनी त्यसतर्फ...
नेकपाद्वारा कोशी सरकारमा तीन महिलासहित मन्त्रीहरूको नाम टुङ्गो, मन्त्रालयको जिम्मेवारी बाँडफाँट
विराटनगर । नेकपाले कोशी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम र मन्त्रालयको जिम्मेवारी टुङ्गो लगाएको छ। पार्टीले यसअघि अनिर्णीत रहेको मन्त्री पदमा गीता तिम्सिनालाई पठाउने निर्णय गरेसँगै कोशी सरकारमा तीन जना महिला नेत्रीहरूलाई सामेल गर्ने भएक...
राष्ट्रियसभाको १७ सदस्यका लागि सातै प्रदेशमा मतदान जारी
काठमाडौँ । राष्ट्रियसभामा रिक्त सदस्य चयन गर्न मतदान सुरु भएको छ । २०८२ फागुन २० गतेदेखि राष्ट्रियसभामा १७ सिट सदस्य रिक्त रहेको छ । यसका लागि बिहान ९ः०० बजेदेखि मतदान सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।
मतदान आज दिउँसो ३ः०० बजेसम्म जारी रह...
धनगढीमा बालेन र रविको क्रेज
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आज धनगढीमा चुनावी प्रचारप्रसारका लागि हामी आयौँ भन्ने नाराका साथ परिवर्तन उद्घोष सभा गरेको छ। यो चुनावी सभालाई रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले सम्बोधन गरेका छन् ।
सभाम...
विप्लवद्वारा अगाडि सारिएको सर्वपक्षीय सरकार निर्माणमा जेनजी मुभमेन्ट नेपालको साथ
काठमाडौँ । जेन्जी विद्रोहका क्रममा नवोदित पुस्ताले उठाएका राजनीतिक तथा शासकीय मुद्दाहरू अझै सम्बोधन नभएको भन्दै जेन्जी मुभमेन्ट नेपालले वर्तमान अवस्थामा पुरानै शासकीय स्वरूपमा गरिने निर्वाचन देश र जनताप्रति धोका हुने चेतावनी दिएको छ । मुभमेन...
संसद् बैठकमा सांसदहरूको अनिवार्य उपस्थितिका लागि रास्वपाको नयाँ नियम
काठमाण्डौँ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले संसद् बैठकमा सांसदहरूको उपस्थिति थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले नयाँ समूहगत उपस्थिति तालिका सार्वजनिक गरेको छ । संसद्का छलफलहरूलाई अझ गुणात्मक, प्रभावकारी र फलदायी बनाउन यो नि...



