कोरियामा एक महिनामा तीन नेपालीको मृत्यु
काठमाण्डौँ ।दक्षिण कोरियामा पछिल्लो एक महिनाको अवधिमा तीन नेपालीले विभिन्न घटनामा ज्यान गुमाएका छन् । २०८३ जेठ १५ देखि असार १३ सम्मको अवधिमा तीन जनाको मृत्यु भएको कोरियास्थित नेपाली राजदूतावासले जनाएको छ ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–१०, प्रकाशपुर स्थायी घर भएका प्रकाश राई र ओखलढुंगाको मोलुङ गाउँपालिका–७ स्थायी घर भएका २९ वर्षीय गणेश थापाको सवारी दुर्घटनामा मृत्यु भएको हो । त्यस्तै रूपन्देहीको सैनामैना नगरपालिका स्थायी घर भएका आशिष अधिकारीको भने मृत्युको कारण पुष्टि हुन बाँकी छ ।
एक्सप्रेस
सम्बन्धित खबर
कोलम्बियामा शक्तिशाली भूकम्पमा मृतकको संख्या २४० नाघ्न सक्ने, उद्धारकार्य जारी
काठमाण्डौँ । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली भूकम्पपछि खोज तथा उद्धार कार्य अझै जारी छ । भग्नावशेषमा फसेका मानिसहरूको खोजी तथा उद्धारका लागि उद्धारकर्मीहरू दिनरात परिचालन भइरहेका छन् ।
गत सोमबार बिहान ७ः३४ बजे पश्चिमी कोलम्बियाम...
मेक्सिको भूकम्प अपडेट : कम्तीमा २ जनाको मृत्यु, १२ घाइते
काठमाण्डौँ । मेक्सिकोमा शुक्रबार ६.५ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ । सञ्चारमाध्यम सीबीएसका अनुसार शुक्रबार साँझ मेक्सिकोको दक्षिणी र मध्य भागमा भूकम्पको धक्का महसुस गरिएको हो । जसमा परी गुरेरो राज्यमा ५० वर्षीया महिल...
इरानबाट अमेरिकी नागरिक रिहा
काठमाण्डौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले डिसेम्बर २०२४ देखि रोकिराखेकी एक अमेरिकी नागरिकलाई रिहा गरी देश छोड्न अनुमति दिएको जानकारी दिनुभएको छ । उहाँका अनुसार ती महिला अहिले सुरक्षित रूपमा इरानबाहिर पुगेकी छन् र स्वास्थ्य अवस्था पनि...
ईयूले लगायो रूसविरुद्ध नयाँ आर्थिक प्रतिबन्ध
काठमाडौँ । युरोपेली सङ्घ ईयुले शुक्रबार रूसी केन्द्रीय बैङ्कका सम्पत्ति कुनै पनि प्रकारले रूस फर्किन नदिने निर्णय गरेको छ । उक्त कदम युक्रेनमा जारी द्वन्द्वलाई दृष्टिगत गर्दै तत्काल लागू गरिएको हो । सङ्घले जारी गरेको व...
पोल्याण्डको सीमा बलियो बनाउन जर्मनीले सेना पठाउने
काठमाडौँ । जर्मनीले पोल्याण्डको पूर्वी सीमा बेलारुस र रूसी भूभाग कालिनिनग्रादसँग जोडिएको बलियो बनाउन आफ्नो सेनाको एउटा समूह पोल्याण्डमा पठाउने निर्णय गरेको छ। मस्कोविरुद्धको लडाइँमा युक्रेनको बलियो समर्थक पोल्याण्डले ग...
ओमान तटमा तेल ट्याङ्करलाई लक्षित अन्धाधुन्ध गोलीबारी
काठमाडौँ । ओमान तटमा तेल ट्याङ्करलाई लक्षित गरी अन्धाधुन्ध गोलीबारी, चालक दल सुरक्षित रहे पनि क्षेत्र तनावग्रस्त इरानी बन्दरगाहहरूमा अमेरिकाले लगाएको नौसैनिक नाकाबन्दीका बीच इरानी सेनाले व्यापारिक जहाजहरूमाथि आक्रमण सुरु गरेको बीबीसीले जनाएको छ ।<...



