पोल्याण्डको सीमा बलियो बनाउन जर्मनीले सेना पठाउने
काठमाडौँ । जर्मनीले पोल्याण्डको पूर्वी सीमा बेलारुस र रूसी भूभाग कालिनिनग्रादसँग जोडिएको बलियो बनाउन आफ्नो सेनाको एउटा समूह पोल्याण्डमा पठाउने निर्णय गरेको छ। मस्कोविरुद्धको लडाइँमा युक्रेनको बलियो समर्थक पोल्याण्डले गत वर्ष मे महिनामा आफ्नो सीमाको लामो भागलाई बलियो बनाउने योजना घोषणा गरेको थियो ।
बर्लिनस्थित रक्षा मन्त्रालयका प्रवक्ताका अनुसार पोल्याण्डमा जर्मन सैनिकको मुख्य जिम्मेवारी ुइन्जिनियरिङ गतिविधिु हुनेछ। यसमा किल्लाहरू निर्माण, खाडलहरू खन्ने, काँडेतार बिछ्याउने वा ट्याङ्क अवरोधहरू खडा गर्ने समावेश हुन सक्छ। जर्मन रक्षा मन्त्रालयले सहयोगस्वरूप जर्मन सैनिकहरूले प्रदान गरेको सहयोग केबल इन्जिनियरिङ् गतिविधिहरूमा सीमित रहने स्पष्ट पारेको छ।
प्रवक्ताले संलग्न सैनिकहरूको यकिन सङ्ख्या नबताए पनि यो दुई अङ्कको सङ्ख्या हुनेछ। उनीहरूले सन् २०२६ को दोस्रो त्रैमासिकदेखि सन् २०२७ को अन्त्यसम्म यो परियोजनामा भाग लिने अपेक्षा गरिएको छ। जर्मन प्रवक्ताले ुसैन्य सङ्घर्षबाट सैनिकहरूलाई तत्काल कुनै खतरा छैनु भन्दै तैनातीका लागि संसदीय अनुमोदन आवश्यक नभएको जानकारी दिएका छन्।
एक्सप्रेस
सम्बन्धित खबर
इरानद्वारा दुबईको विशाल तेलभण्डार केन्द्रमा ड्रोन हमला
इरान । इरानले संयुक्त अरब इमिरेट्स यूएईको फुजाइरा बन्दरगाहमा शनिबार ड्रोन हमला गरेको छ । यो हमला अमेरिकाले इरानको खार्ग द्वीपमा भीषण आक्रमण गरेलगत्तै भएको हो । यूएईका अधिकारीहरूले फुजाइरामा लागेको आगो निभाउने प्रयास जारी रहेको बताएका छन् । उनीहरूक...
ग्यास सिलिण्डर विष्फोटमा ९ जना नेपालीले ज्यान गुमाए
काठमाडौँ । भारतको हिमाचल प्रदेशको सोलन जिल्लामा ग्यास सिलिण्डर विष्फोटमा ९ जना नेपालीले ज्यान गुमाएका छन् । ज्यान गुमाउने नेपालीहरू सल्यान जोल्लाका भएको बताइएको छ । भारतीय मिडियाका अनुसार ग्यास सिलिण्डर विस्फोटपछि भएको आगलागीका कारण धेरैको ज्यान ग...
हर्मुज जलमार्ग खुलेपछि कच्चा तेलको मूल्य घट्यो
काठमाडौँ । इरानले हर्मुज जलमार्ग व्यावसायिक जहाजका लागि खुला गर्ने घोषणा गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ । अमेरिका–इजरायल र इरानबीच जारी युद्धविराम अवधिभर इरानले जलमार्ग खुला गरेको जनाएको छ । यस घोषणापछि कच्चा तेलको मूल्य प...
बाढीपीडितका लागि पाकिस्तानले पठायो १०० टन मानवीय सहायता
काठमाडौँ । पाकिस्तानले नेपालका बाढी पीडितहरूका लागि १०० टन मानवीय सहायता पठाएको छ । पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण एनडीएमएले पठाएको राहत सामाग्री आइतबार राति काठमाडौं आइपुगेको हो ।
आइतबार राति नै ती सामाग्री त्रिभुवन अन्तर्...
स्ट्रेट अफ हर्मुजमा तीन तेल ट्यांकर इरानी नियन्त्रणमा, अमेरिकी प्रहारपछि तनाव थप उत्कर्षमा
तेहरान । स्ट्रेट अफ हर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्यांकरलाई इरानको इस्लामिक रिभोलुसन गार्ड कर्प्स आइआरजिसीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिने क्रममा तीमध्ये एउटा ट्यांकरमा विस्फोट भई आगलागी भएको इरानी पक्षले जनाएको छ ।
अम...
बंगलादेशमा हिन्दू नेतालाई चुनाव लड्न रोक
ढाका । बंगलादेशमा एक हिन्दू नेतालाई चुनाव लड्नबाट रोक लगाइएको छ । बंगलादेशमा फेब्रुअरी १२ मा चुनाव हुने तालिका छ । गोविन्द चन्द्र प्रमाणिकले गोपालगञ्ज(३ निर्वाचन क्षेत्रबाट संसदीय चुनावको लागि आफ्नो उम्मेदवारी दर्ता गरेका थिए, तर निर्वाचन अधिकारील...



