कोरियामा एक महिनामा तीन नेपालीको मृत्यु
काठमाण्डौँ ।दक्षिण कोरियामा पछिल्लो एक महिनाको अवधिमा तीन नेपालीले विभिन्न घटनामा ज्यान गुमाएका छन् । २०८३ जेठ १५ देखि असार १३ सम्मको अवधिमा तीन जनाको मृत्यु भएको कोरियास्थित नेपाली राजदूतावासले जनाएको छ ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–१०, प्रकाशपुर स्थायी घर भएका प्रकाश राई र ओखलढुंगाको मोलुङ गाउँपालिका–७ स्थायी घर भएका २९ वर्षीय गणेश थापाको सवारी दुर्घटनामा मृत्यु भएको हो । त्यस्तै रूपन्देहीको सैनामैना नगरपालिका स्थायी घर भएका आशिष अधिकारीको भने मृत्युको कारण पुष्टि हुन बाँकी छ ।
एक्सप्रेस
सम्बन्धित खबर
आणविक परीक्षण शुरू गर्न सकिने ट्रम्पको सङ्केतले थपियो चिन्ता
काठमाडौँ । आणविक हतियार नियन्त्रणका लागि निर्माण गरिएको विश्वव्यापी कानूनी संरचना सन् २०२६ मा गम्भीर दबाबमा पर्ने देखिएको छ । दशकौँदेखि आणविक सङ्कट टार्न सहयोग गर्दै आएको यो व्यवस्था कमजोर बन्दै जाँदा अन्तर्राष्ट्रिय सुरक्षा कवचहरू खस्किँदै गएको व...



