आइतबार, २४ जेठ २०८३
नेपाली

‘सम्पत्ति छानबिन आयोग’ ले थाल्यो काम, उच्च पदस्थको सम्पत्ति सरकारी निगरानीमा

Main News Image

काठमाडौँ । भ्रष्टाचार र दण्डहीनताको अन्त्य गर्ने मुख्य उद्देश्यका साथ सरकारले गठन गरेको ‘सम्पत्ति छानबिन आयोग’ ले औपचारिक रूपमा आफ्नो कार्य प्रारम्भ गरेको छ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको अध्यक्षतामा गठित पाँच सदस्यीय उक्त आयोगले बुधबारदेखि काम सुरु गरेको हो ।

केशरमहलमा आफ्नो कार्यालय स्थापना गरी आयोगले सार्वजनिक पद धारण गरेका व्यक्ति तथा उच्च पदस्थ कर्मचारीहरूको सम्पत्तिमाथि सूक्ष्म निगरानी र छानबिनको प्रक्रिया अघि बढाएको छ ।

आयोगले विशेष गरी वि।सं। २०६२,६३ सालयता सार्वजनिक पदमा बहाल रहेका, सेवानिवृत्त भएका वा हाल पदमा रहेका राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीहरूको सम्पत्ति विवरण संकलन गर्ने जिम्मेवारी पाएको छ ।


mediabaaji add

सम्बन्धित खबर

तोलामा ५२ सय रुपैयाँले बढेर सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला कतिमा हुँदैछ कारोवार ?

काठमाडौँ । दैनिक सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेको छ । सुन आज एकैदिन तोलामा पाँच हजार २०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँ पुगेको हो ।

यता, चाँद...

सुनको मूल्यमा सामान्य गिरावट, चाँदीमा निरन्तर नयाँ रेकर्ड बन्दै

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य घट्दा चाँदीको मूल्य भने हालसम्मकै उच्च मूल्यमा कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेर २ लाख ५८ हजार ३०० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबा...

बिहीबार कुन विदेशी मुद्राको विनियमदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित  विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ७८ पैसा र बिक्रीदर १५० रुपैयाँ ३८ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैया...

हिमालयन बैंकको १२ लाख ८२ हजार कित्ता सेयर बिक्रीमा

काठमाडौँ । हिमालयन बैंकको १२ लाख ८२ हजार भन्दा बढी कित्ता सेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक समूहको १२ लाख ८२ हजार ५८८ कित्ता सेयर बिक्रीमा राखिएको हो । हाललाई यो सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।...

नेप्से ७.७३ अंकले बढ्यो, ४ अर्ब ७४ करोड कारोबार

काठमाडौँ । साताको पहिलो कारोबार दिन सेयर बजार बढेको छ । बजार परिसूचक नेप्से ७.७३  अंकले बढेर २७९६ विन्दुमा थामिएको हो । यसअघि शुक्रबार नेप्से १.५ अंक बढेको थियो । कारोबार रकम घटेको छ । अघिल्लो दिन ५ अर्ब २७ करोडको कारोबार भएकोमा आज ४ अर्ब ७४...

आजका लागि कति छ विदेशी मुद्राको विनिमयदर ?

काठमाण्डौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १४६ रुपैयाँ ६६ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६९...