नेप्सेमा पहिलो कारोबार मूल्यप्रति रिलायन्स स्पिनिङ मिल्सको असन्तुष्टि
काठमाण्डौँ । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले कम्पनीको सेयरको नेपाल स्टक एक्सचेन्ज नेप्सेले तोकेको पहिलो कारोबार मूल्य सीमा ओपनिङ रेन्जप्रति असन्तुष्टि जनाएको छ । विज्ञप्ति जारी गर्दै कम्पनीप्ले सेयरको ओपनिङ रेन्ज १०० देखि ३ सय रुपैयाँसम्म निर्धारण गरिएको जानकारी पाएको भन्दै अंकित मूल्यको तीन गुणासम्म मात्र मूल्य तोकिएकोमा असन्तुष्टि व्यक्त गरेको हो ।
‘यो सीमा यसअघि अन्य कम्पनीहरुको सूचीकरणका क्रममा अवलम्बन गरिएका आधार र अभ्याससमेत विपरीत रहेको कम्पनीको बुझाइ छ । नेपाल धितोपत्र बोर्डले बुक बिल्डिङ विधिसम्बन्धी निर्देशिकाबमोजिम कम्पनीलाई सेयर निष्काशनको अनुमति दिएको थियो । ‘बुक बिल्डिङ आधुनिक विधि भएकाले यसमार्फत निष्काशित सेयरको सूचीकरण सम्बन्धमा आवश्यक कानुनी तथा नीतिगत व्यवस्था गर्नुपर्ने नियामक निकायको जिम्मेवारी हो’, कम्पनीले भनेको छ ।
कम्पनीले बुक बिल्डिङ विधि सामान्य विधिभन्दा फरक रहेको हुँदा सेयर सूचीकरणको प्रारम्भिक मूल्य निर्धारणको आधारसमेत फरक हुनुपर्ने ध्यानाकर्षण गराए पनि सोको सुनुवाइ नभएको कम्पनीको भनाइ छ । सोही कारण बाध्य भएर सूचीकरणमा जानुपरेको भन्दै कम्पनीले लगानीकर्तालाई कम्पनीको वास्तविक वित्तीय स्थिति बुझ्न अनुरोध गरेको छ ।
कम्पनीको अनुसार प्रतिसेयर मूल्य ९१२ काल्पनिक आधारमा नभई विज्ञ वित्तीय संस्थाहरुले कम्पनीको वित्तयि प्रक्षेपण तथा सम्भाव्यता समेतलाई मध्यनजर गरी तोकेको वास्तविक मूल्य हो ।
एक्सप्रेस
सम्बन्धित खबर
सुनको मूल्यमा गिरावट, शुक्रबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा दुई हजार रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य पनि घटेको छ । चाँ...
विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलर र पाउन्डको भाउ कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको नयाँ दरअनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८४ पैसा रहेको छ । यस्तै, युरोपियन युरो एकको खरिददर...
सरकारद्वारा बजेटमार्फत कर प्रणालीमा व्यापक हेरफेर : कतिपय कर र शुल्क खारेज
काठमाडौँ । नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत नागरिक र व्यवसायीलाई राहत दिने उद्देश्यले विगतमा लाग्दै आएका कतिपय कर तथा शुल्कहरू खारेज गरेको छ भने केहीमा उल्लेखनीय कटौती गरेको छ । करको दायरालाई व्यावहारिक बनाउने र आन्तरिक उत्पादन तथा डिज...
एक हजार दरका ४३ करोड थान नयाँ नोट चीनमा छापिने
काठमाडौँ । केन्द्रीय बैंकले एक हजार दरको नयाँ नोट छाप्ने ठेक्का पनि चिनियाँ कम्पनीलाई दिएको छ । राष्ट्र बैंककाअनुसार चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसनलाई उक्त नयाँ नोट छाप्ने ठेक्का दिइएको हो । यो कम्पनील...
फेरी सुनको मूल्यमा गिरावट, सोमबार प्रतितोला कति ?
काठमाडौँ । आइतबार एकैदिन तोलामा ११ हजार ६०० रुपैयाँले ओरालो लागेको सुन आज पनि घटेको छ । सुन तोलामा दुई हजार रुपैयाँले घट्न पुगेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुुन तोलामा दुई लाख ३९ हजार ९०० रुपैयाँम...
सुन एकैदिन तोलामा १० हजार रुपैयाँले घट्यो, प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । सुन तोलामा १० हजार १०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य तोलामा १८५...



