नेप्सेमा पहिलो कारोबार मूल्यप्रति रिलायन्स स्पिनिङ मिल्सको असन्तुष्टि
काठमाण्डौँ । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले कम्पनीको सेयरको नेपाल स्टक एक्सचेन्ज नेप्सेले तोकेको पहिलो कारोबार मूल्य सीमा ओपनिङ रेन्जप्रति असन्तुष्टि जनाएको छ । विज्ञप्ति जारी गर्दै कम्पनीप्ले सेयरको ओपनिङ रेन्ज १०० देखि ३ सय रुपैयाँसम्म निर्धारण गरिएको जानकारी पाएको भन्दै अंकित मूल्यको तीन गुणासम्म मात्र मूल्य तोकिएकोमा असन्तुष्टि व्यक्त गरेको हो ।
‘यो सीमा यसअघि अन्य कम्पनीहरुको सूचीकरणका क्रममा अवलम्बन गरिएका आधार र अभ्याससमेत विपरीत रहेको कम्पनीको बुझाइ छ । नेपाल धितोपत्र बोर्डले बुक बिल्डिङ विधिसम्बन्धी निर्देशिकाबमोजिम कम्पनीलाई सेयर निष्काशनको अनुमति दिएको थियो । ‘बुक बिल्डिङ आधुनिक विधि भएकाले यसमार्फत निष्काशित सेयरको सूचीकरण सम्बन्धमा आवश्यक कानुनी तथा नीतिगत व्यवस्था गर्नुपर्ने नियामक निकायको जिम्मेवारी हो’, कम्पनीले भनेको छ ।
कम्पनीले बुक बिल्डिङ विधि सामान्य विधिभन्दा फरक रहेको हुँदा सेयर सूचीकरणको प्रारम्भिक मूल्य निर्धारणको आधारसमेत फरक हुनुपर्ने ध्यानाकर्षण गराए पनि सोको सुनुवाइ नभएको कम्पनीको भनाइ छ । सोही कारण बाध्य भएर सूचीकरणमा जानुपरेको भन्दै कम्पनीले लगानीकर्तालाई कम्पनीको वास्तविक वित्तीय स्थिति बुझ्न अनुरोध गरेको छ ।
कम्पनीको अनुसार प्रतिसेयर मूल्य ९१२ काल्पनिक आधारमा नभई विज्ञ वित्तीय संस्थाहरुले कम्पनीको वित्तयि प्रक्षेपण तथा सम्भाव्यता समेतलाई मध्यनजर गरी तोकेको वास्तविक मूल्य हो ।
एक्सप्रेस
सम्बन्धित खबर
सामान्य अंकले घटेर बन्द भयो नेप्से, ४ अर्ब ६८ करोडको कारोबार
काठमाडौँ । साताको पाचौं अर्थात् अन्तिम कारोबार दिन नेप्से परिसूचक ०.९३ अंकले घटेर २५६०.१५ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३२८ कम्पनीको १ करोड ४ लाख ४९ हजार ४९६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६८ करोडको सेयर कारोब...
बढ्यो पेट्रोल र डिजेलको मूल्य !
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । आज राति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा मूल्यवृद्धि भएको निगमले जनाएको छ ।
निगमले पेट्...
सुनचाँदीको मूल्य घट्यो, कति पुग्यो तोलाको ?
काठमाण्डौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । बुधबार नेपाली बजारमा सुनको मूल्य २ हजार २०० रुपैयाँ र चाँदीको मूल्य १८५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३ लाख ७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको...
अब नागढुंगा सुरुङमार्ग सञ्चालन हुने
काठमाडौँ । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको संघारमा पुगेको छ । धादिङ र काठमाडौंबीचको यात्रा सहज र छिटो बनाउने लक्ष्यसहित निर्माण गरिएको यो परियोजनाले देशको यातायात पूर्वाधारमा महत्वपूर्ण फड्को मार्ने अपेक्षा गरिएको छ ।
२०७६ कात्तिकमा...
आज कुन देशको मुद्राको विनिमयदर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४८ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १७३...
नेप्सेमा दोहोरो अंकको गिरावट, ४ अर्ब ५७ करोडको कारोबार
काठमाडौँ । साताको पाँचौ कारोबार दिन नेप्से परिसूचक १०.६६ अंकले घटेर २६१५.०३ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३२९ कम्पनीको १ करोड १२ लाख ९१ हजार ४०१ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५७ करोड ७८ लाखको सेयर कारोबार भएको छ । आज ६३ कम्पनीको सेयर मूल...



