सुनको भाउ निरन्तर उकालो
काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनको भाउ निरन्तर उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५२ हजार २०० कायम भएको छ । आज चाँदीको मोल पनि बढेर तोलामा रु तीन हजार ४९० निर्धारण भएको छ ।
शुक्रबार सुनको मूल्य प्रतितोला रु दुई लाख ५० हजार ६०० कायम भएको थियो भने एक तोला चाँदी रु तीन हजार ३४५ मा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औँस सुन चार हजार १७५ र त्यति नै चाँदै ५४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
पर्याप्त आयातका बाबजुद बजारमा ग्यास अभाव, उपभोक्ता अझै लाइनमा
काठमाडौँ । पछिल्लो दुई सातामा करिब ३० हजार मेट्रिक टन खाना पकाउने एलपी ग्यास नेपाल भित्रिएको व्यवसायीहरूले दाबी गरेका छन् । उद्योगीहरूका अनुसार अहिले दैनिक औसत १०० भन्दा बढी बुलेट ग्यास आयात भइरहेको छ । तर, बजारमा आपूर्ति पर्याप्त रहेको तथ्यांकले...
विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको बिक्रीदर १५२ रुपैयाँ ९४ पैसा कायम
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार अन्तर्राष्ट्रिय बजारमा बलियो बन्दै गएको अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३४ पैसा र बिक्रीदर १५२...
चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुपले ‘आइपिओ’ शेयर निष्कासन गर्ने
काठमाडौँ । चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुप लिमिटेडले साधारण नागरिकका लागि प्राथमिक शेयर आइपिओ निष्कासन गर्ने भएको छ । कम्पनीको आज सम्पन्न पहिलो साधारणसभाले ‘आइपिओ’ निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो । कम्पनीको अधिकृत पुँजी रु ५० करोड रहे...
साता दिनपछि घट्यो सेयर बजार, कारोबार पनि बढेन
शिखर पावर डेभलपमेन्ट लिमिटेडले फागुन १७ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्दै
काठमाडौँ । शिखर पावर डेभलपमेन्ट लिमिटेडले फागुन १७ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन आईपीओ खुला गर्ने भएको छ । कम्पनीले कुल १८ लाख ४२ हजार ६ सय कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको जनाएको हो । निष्कासन हुने कुल शेयरमध्ये १...
नेशनल लाईफको सिईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
काठमाण्डौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले कोशी प्रदेशका अभिकर्ताहरुलाई बिर्तामोड स्थित होटल द किंग्सबरीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतज्यूको सभापतित्वमा सिइेओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा तोकिएको...



