सुनको भाउ निरन्तर उकालो
काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनको भाउ निरन्तर उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५२ हजार २०० कायम भएको छ । आज चाँदीको मोल पनि बढेर तोलामा रु तीन हजार ४९० निर्धारण भएको छ ।
शुक्रबार सुनको मूल्य प्रतितोला रु दुई लाख ५० हजार ६०० कायम भएको थियो भने एक तोला चाँदी रु तीन हजार ३४५ मा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औँस सुन चार हजार १७५ र त्यति नै चाँदै ५४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
विदेशी मुद्राको विनिमय दर : डलरको बिक्री दर १५३ रुपैयाँ नाघ्यो
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले तोकेको नयाँ दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १५२ रुपैयाँ ५९ पैसा र बिक्री दर १५३ रुपैयाँ १९ पैसा पुगेको छ ।
त्यस्तै...
चालु आवको तीन महिनामा आयात-निर्यात दुवैमा सुधार, १२.२ प्रतिशतले बढ्यो व्यापार घाटा
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा आयात तथा निर्यातमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामायस वर्ष निर्यात ८९.६ प्रतिशत र आयात १९.८ प्रतिशत...
तिहारमा मिठाइ, किसमिस र झिलिमिली बत्तीको व्यापार बढ्यो
धरान । तिहार सुरु भएसँगै धरानका सडकपेटी बत्तीको उज्यालो मात्र होइन, व्यापारीको परिश्रमले पनि जीवन्त बनेको छ । बिहानैदेखि सुरु हुने बजारको चहलपहल साँझसम्म निरन्तर देखिन्छ । धरान उपमहानगरपालिका(२ का बिक्की दास बिहान ५ः०० बजेदेखि बेलुका ८ः०० बजेसम्म...



