शनिबार, १४ कात्तिक २०८३
नेपाली

नेशनल लाईफको सिईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न

Main News Image

काठमाण्डौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले कोशी प्रदेशका अभिकर्ताहरुलाई बिर्तामोड स्थित होटल द किंग्सबरीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतज्यूको सभापतित्वमा सिइेओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमाशुल्क संकलन गरी कोशी प्रदेशबाट योग्य हुनु भएका ३०० जना अभिकर्ताहरु, विभागिय प्रमुखहरु, प्रदेश प्रमुख एवं कोशी प्रदेश अन्तर्गत रहेका शाखा कार्यालयका शाखा प्रमुखहरुको सहभागितामा कम्पनीले सिईओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरुलाई सम्मान गरेको हो । 

पानसमा द्विप प्रज्वलन गरी शुभारम्भ गरिएको उक्त सम्मान कार्यक्रममा सहभागि अभिकर्ताहरुलाई प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीज्यूले सिइओे क्बलको सदस्यता वितरण तथा सम्मान गर्नुभएको थियो साथै सो प्रदेशबाट आफ्नो कोडमा र संजलमा प्रथम, द्वित्तिय र तृत्तिय हुन सफल अभिकर्ताहरुलाई विशेष सम्मान तथा पुरस्कृत गरिएको थियो । 

यसै गरी सो अवसरमा कम्पनीले बार्षिक योजना अन्तर्गत जारी गरेको नेशनल अवार्ड योजना अन्तर्गत नेशनल रत्न तथा नेशनल स्टार विजेता अभिकर्ताहरुलाई पनि नेशनल लाईफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गर्नुभएको थियो ।


समारोहमा प्रमुख कार्यकारी अधिकृतज्यूले सिईओ क्लब र नेशनल अवार्ड अन्तर्गत योग्य हुने अभिकर्ताहरुलाई प्रदेश स्तरिय रुपमा सम्मान गर्ने क्रममा कोशी प्रदेशबाट छनौट हुनुभएका अभिकर्ताहरुलाई सम्मान गरिएको बताउनु भयो साथै वहाँले कम्पनीले ल्याएको सिइओ क्लब कार्यक्रममा नेपाल भरबाट १६०० जना जना भन्दा बढि अभिकर्ताहरु छनौट हुनुले यो योजना अत्यन्तै सफल भएको बताउनु हुँदै कम्पनीले सबै तहका अभिकर्ताहरु माझ लोकप्रिय हुने यस्ताखाले योजनाहरु  ल्याउन हरसंभव प्रयासरत रहेको पनि बताउनु भयो ।  

mediabaaji add

सम्बन्धित खबर

विकास बजेट खर्च गर्न कर्णाली सरकार असफल, साढे १२ अर्ब रुपैयाँ फ्रिज

सुर्खेत । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट समयमै खर्च गर्न नसक्दा साढे १२ अर्ब रुपैयाँभन्दा बढी बजेट फ्रिज भएको छ । कर्णाली प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार कुल विनियोजित बजेटमध्ये चालु आर्थिक वर्षमा ६१.९७ प्रतिशत मात्र खर्च ह...

रसुवाको चिलिमे टनेलमा फसेकाहरूको खोजी जारी : लेदो र भग्नावशेष हटाउन रातभर खटियो उद्धार टोली

रसुवा । रसुवास्थित चिलिमे टनेल क्षेत्रमा फसेका मजदुर तथा प्राविधिकहरूको खोजी र उद्धारका लागि रातभर काम जारी राखिएको छ। उद्धार टोलीले रातभरी नै सुरुङ नजिक जम्मा भएको लेदो, माटो तथा ठूला भग्नावशेषहरू हटाउने कार्यलाई निरन्तरता दिएको हो ।

एक्साभ...

दाङमा युवा किसानको स्ट्रबेरी खेती फस्टाउँदै, लाखौँको कारोबार

काठमाडौँ । कृषि प्रविधि र व्यावसायिक सोचका कारण दाङको घोराही क्षेत्रमा स्ट्रबेरी खेती फस्टाउन थालेको छ । कैलालीका २७ वर्षीय दशरथ साउदले घोराही–१५ मा दुई बिघा जग्गामा गरेको स्ट्रबेरी खेतीबाट लाखौँको कारोबार गर्दै आएका...

शनिबार कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४८ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर...

चिलिमेले बनाउने भयो चुम्चेत स्यार खोला जलविद्युत् आयोजना

काठमाडौँ । सरकारले थप तीन जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमति प्रदान गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले चुम्चेत स्यार खोला जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमति...

नेशनल लाईफले दियो पोखरामा अभिकर्ताहरुलाइ १ दिने तालिम

काठमाण्डौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाइ १ दिने तालिम प्रदान गरेको छ । कम्पनीले जारी गरेको मासिक योजना मन्थन २०८२ मा तोकिएको ब्यबसाय गरि छनौट भएका गण्डकी प्रदेशका सबै शाखा कार्यालयहरु र लुम्ब...