आन्तरिक विवादले परीक्षा रोकिएपछि वीरगञ्जको हरि खेतान क्याम्पस तनावग्रस्त
वीरगञ्ज । वीरगञ्जको प्रतिष्ठित सामुदायिक शैक्षिक संस्था हरि खेतान बहुमुखी क्याम्पस अहिले रणमैदानमा परिणत भएको छ । क्याम्पस सञ्चालक समिति र प्राध्यापक संघबीचको आन्तरिक शक्ति संघर्ष र खिचातानीका कारण करिब ४ हजार विद्यार्थीको भविष्य अन्धकारतर्फ धकेलिएको छ ।
सोमबारदेखि सञ्चालन हुने भनिएको त्रैमासिक परीक्षा अन्तिम समयमा आएर आकस्मिक रूपमा रद्द गरिएपछि आक्रोशित विद्यार्थीहरू सडकमा उत्रिएका छन् । लामो समयदेखि तयारी गरेर परीक्षा दिन क्याम्पस पुगेका ३ हजारभन्दा बढी विद्यार्थीहरू त्यतिबेला छाँगाबाट खसेझैँ भए, जब प्रशासनले ‘परीक्षा स्थगित’ को सूचना टाँस्यो ।
कलेज प्रशासन, क्याम्पस प्रमुख र सञ्चालक समितिको गैरजिम्मेवारीपन विरुद्ध विद्यार्थीहरूले क्याम्पसको मूलढोकामा धर्ना दिँदै नाराबाजी गरे। ‘हाम्रो भविष्यमाथि राजनीति गर्न पाइँदैन, आन्तरिक झगडाले परीक्षा रोक्न पाइँदैन’ भन्दै विद्यार्थीहरूले क्याम्पस परिसरबाट विरोध र्याली निकालेका थिए ।
एक्सप्रेस
सम्बन्धित खबर
सडक दुर्घटनामा एक जनाको मृत्यु, चार घाइते
चितवन । स्थानीय गीतानगरमा आज बिहान भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार अटोरिक्सामा सवार माडी नगरपालिका–७ का ४४ वर्षीय मीनबहादुर खत्रीको च...
नेवार समुदायमा म्हः (आत्म) पूजा गरिँदै
काठमाडौँ । कार्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायमा म्हः आत्म पूजा गरिँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसले आत्म म्हः पूजा पर्व मनाउने गर्दछन् ।
काठमाडौँको प्रदर्शनीमार्ग हुँदै चल्ने सवारी साधनलाई डाईभर्सन
काठमाण्डौँ । कार्याक्रमका कारण काठमाडौँको प्रदर्शनीमार्ग हुँदै चल्ने सवारी साधनलाई यतिबेला डाईभर्सन गरिएको छ । उक्त स्थान हुँदै चल्ने सवारी ...
बालबालिकाले देउसीभैलो खेलेर जुटाएको रकमबाट ताराखेतमा सडकबत्ती
म्याग्दी । मङ्गला गाउँपालिका–२ ताराखेतका बालबालिकाले देउसीभैलो खेलेर जुटाएको रकम परिचालन गरेर सडकबत्ती जडान गरेका छन् । ताराखेतमा पर्ने बेनी–दरवाङ सडक, पदमार्ग र मङ्गला गाउँपालिका–३ सातबिसेको सिमकुना जोड्ने झोलुङ्गे पुलमा शनिबारदेखि सडकबत्ती बालेर...
छविलाल जोशी धरौटीमा रिहा
काठमाडौँ । सहकारी ठगी प्रकरणमा कारागारमा रहेका तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशी धरौटीमा रिहा भएका छन् । थुनाबाहिर बस्न पाउनुपर्ने मागसहित जोशीले दिएको निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालत बुटवलले मिसिल पुनः जिल्ला अदालतमा फिर्ता पठाउने...
वर्षाको अद्यावधिक आँकलनः अझै पनि कम वर्षा हुने
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले अझै केही महिना वर्षा सरदरभन्दा कम हुने आँकलन सार्वजनिक गरेको छ । सार्वजनिक आँकलनअनुसार यही पुस १७ देखि आगामी फागुन १६ गतेसम्मको अवधिमा सरदरभन्दा कम वर्षा हुने अनुमान गरिएको विभागले जनाएको छ । विभागका सू...



