बुधबार, ११ कात्तिक २०८३
नेपाली

आन्तरिक विवादले परीक्षा रोकिएपछि वीरगञ्जको हरि खेतान क्याम्पस तनावग्रस्त

Main News Image

वीरगञ्ज । वीरगञ्जको प्रतिष्ठित सामुदायिक शैक्षिक संस्था हरि खेतान बहुमुखी क्याम्पस अहिले रणमैदानमा परिणत भएको छ । क्याम्पस सञ्चालक समिति र प्राध्यापक संघबीचको आन्तरिक शक्ति संघर्ष र खिचातानीका कारण करिब ४ हजार विद्यार्थीको भविष्य अन्धकारतर्फ धकेलिएको छ ।

सोमबारदेखि सञ्चालन हुने भनिएको त्रैमासिक परीक्षा अन्तिम समयमा आएर आकस्मिक रूपमा रद्द गरिएपछि आक्रोशित विद्यार्थीहरू सडकमा उत्रिएका छन् । लामो समयदेखि तयारी गरेर परीक्षा दिन क्याम्पस पुगेका ३ हजारभन्दा बढी विद्यार्थीहरू त्यतिबेला छाँगाबाट खसेझैँ भए, जब प्रशासनले ‘परीक्षा स्थगित’ को सूचना टाँस्यो ।

कलेज प्रशासन, क्याम्पस प्रमुख र सञ्चालक समितिको गैरजिम्मेवारीपन विरुद्ध विद्यार्थीहरूले क्याम्पसको मूलढोकामा धर्ना दिँदै नाराबाजी गरे। ‘हाम्रो भविष्यमाथि राजनीति गर्न पाइँदैन, आन्तरिक झगडाले परीक्षा रोक्न पाइँदैन’ भन्दै विद्यार्थीहरूले क्याम्पस परिसरबाट विरोध र्‍याली निकालेका थिए ।

mediabaaji add

सम्बन्धित खबर

विसं २०८३ को पात्रोको गणना कुन ग्रन्थका आधारमा गर्ने यसै हप्ता निर्णय हुने

काठमाडौँ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८३ को पात्रो केतकी वा सूर्य सिद्धान्त कुन ग्रन्थका आधारमा गणना गर्ने भन्ने निर्णय यसै साता गरिने जनाएको छ । समितिले आइतबार यहाँ आयोजना गरेको नयाँ पदाधिकारीहरूको पर...

भक्तपुरमा आजदेखि बिस्केट जात्रा, ९ दिनसम्म चल्ने

काठमाडौँ । भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्केट बिस्का जात्रा आजदेखि सुरु हुँदैछ । नेपाली नयाँ वर्ष अर्थात् वैशाख १ गतेभन्दा चार दिनअघि भैरव र भद्रकालीको रथ तानेर सुरु हुने यो जात्रा वैशाख ५ गते सम्पन्न हुने गर्दछ ।

भक्तपुरको...

आजदेखि सुरु हुँदै कक्षा १२ को परीक्षा, गत वर्षभन्दा ९३ हजार घटे विद्यार्थी

काठमाण्डौँ । माध्यामिक तह कक्षा १२ को अन्तिम परीक्षा आज सोमबारदेखि सुरु हुँदै छ । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने परीक्षामा देशभरका ४ लाख १८ हजार ८ सय परीक्षार्थी सहभागी हुँदै छन् । बोर्डका अनुसार नियमिततर्फ ३ लाख ३२ हजार १ सय ७८ र आंशिकतर...