बालबालिकाले देउसीभैलो खेलेर जुटाएको रकमबाट ताराखेतमा सडकबत्ती
म्याग्दी । मङ्गला गाउँपालिका–२ ताराखेतका बालबालिकाले देउसीभैलो खेलेर जुटाएको रकम परिचालन गरेर सडकबत्ती जडान गरेका छन् । ताराखेतमा पर्ने बेनी–दरवाङ सडक, पदमार्ग र मङ्गला गाउँपालिका–३ सातबिसेको सिमकुना जोड्ने झोलुङ्गे पुलमा शनिबारदेखि सडकबत्ती बालेर रातको समयमा उज्यालो बनाउन थालेका हुन् । तिहारमा देउसीभैलो खेलेर जुटाएको रु ३५ हजारसहित रु ७० हजारको लागतमा १५ वटा सडकबत्ती जडान गरेर ताराखेतलाई झिलीमिली बनाएको स्थानीय युवा अर्जुन पौडेलले बताए ।
‘देउसीभैलो खेलेर जुटाएको रकम बचाएर सामाजिक काममा लगाएका हौँ’, उनले भने, ‘स्थानीय अगुवा र अभिभावकहरूले पनि साथ दिएपछि ताराखेतलाई सुरक्षित बनाउनका लागि सडकबत्ती बाल्ने हाम्रो योजना सफल भएको हो ।’
सडकबत्तीका कारण रातको समयमा उज्यालो भएपछि दुर्घटना, चोरी, चितुवालगायत बन्यजन्तुको गतिविधि नियन्त्रणमा सहयोग पुग्नुका साथै स्थानीयवासीलाई हिँडडुल गर्न सहज भएको छ । सुरक्षित महसुस गर्न थालेका छन् ।
सडकबत्ती उपभोक्ता समितिका अध्यक्ष गोकर्ण पौडेलले उपभोक्ताबाट थप रु ३५ हजार जुटाएर योजना सम्पन्न गरिएको जानकारी दिँदै मासिक रूपमा रकम सङ्कलन गरेर सडकबत्तीको महसुल तिर्ने बताए। सडकबत्तीको ताराखेतका बासिन्दा ९६ वर्षीया सन्तकुमारी भट्टचनले शनिबार उद्घाटन गरे। स्थानीय विनोद भट्टचनले ताराखेतका युवायुवती र बालबालिकाले सानो तर रचनात्मक तथा सन्देशमूलक काम गरेका बताए ।
एक्सप्रेस
सम्बन्धित खबर
बञ्चरेडाँडाको अवरोध हटेपछि कुलमानले दिए धन्यवाद
काठमाडौँ । काठमाडौं उपत्यकाको फोहर विसर्जनस्थल बञ्चरेडाँडामा स्थानीयले गर्दै आएको अवरोध हटेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले खुसी व्यक्त गरेका छन् । बिहीबार सिंहदरबारमा भएको सरकार र बञ्चरेडाँडाका स्था...
त्रिशूलीमा फेला परेको बस सिमलतालमा पहिरोले पुरेको ‘गणपति डिलक्स’
काठमाडौँ । त्रिशूली नदीको किनारमा बालुवाले पुरिएको अवस्थामा गणपति डिलक्स नाम लेखिएको गाडी फेला परेको छ । तनहुँ जिल्लाको आबुखैरेनी गाउँपालिका–५ दोद्राङ बेसी नजिकै त्रिशूली नदीको किनारमा पुरिएको अवस्थामा सो गाडीको पार्ट्सपुर्जा फेला परेको थियो । पार...
झिसेमा स्कूल भ्यान दुर्घटना हुँदा २३ विद्यार्थी घाइते
पोखरा । बागलुङमा स्कुल भ्यान दुर्घटना हुँदा २३ जना विद्यार्थी घाइते भएका छन् । जसमा केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइतेलाई थप उपचारका लागि अन्यत्र रेफर गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
घाइते सबैको उद्धार...
मेलम्चीको पानी पूर्ण रूपमा रोकियो
काठमाडौँ । आफ्ना माग पुरा नभएको भन्दै भेण्डर, मेलम्ची बाढी पीडितलगायतका समितिहरुको समूहले मेलम्ची खानेपानी काठमाडौँ पथान्तरण बन्द गरेका छन् । मेलम्ची खानेपानी आयोजना अन्तर्गतको मुहान क्षेत्रमा बिहीबार स्थानीयवासीले काठ...
शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने
काठमाण्डौँ । करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको सबैभन्दा लामो सांस्कृतिक धार्मिक पर्वका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्रा शनिबार राष्ट्र प्रमुखको उपस्थितिमा भोटो देखाएपछि औपचारिक रूपमा सम्पन्न हुनेछ । ललितपुर महानगरपालिका(४ का वडाध्...
साँखुस्थित शालीनदीमा स्वस्थानी व्रत कथा तथा माधवनारायणको मेला सुरू
काठमाण्डौँ । आजदेखि स्वस्थानी व्रत कथा तथा माधवनारायणको मेला सुरू भएको छ । हरेक वर्ष काठमाडौंको साँखुस्थित शालीनदीमा पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म यो मेला लाग्ने गर्छ। पहिलो दिन बिहानै शालीनदीमा पूजा तथा स्नान गर्नेको उल्लेख्य उपस्...



