आइतबार, १५ कात्तिक २०८३
नेपाली

चीनलाई सबैमा करमा छुट दिने सरकारको निर्णय

Main News Image

काठमाडौँ । सरकारले चक्रपथ दोस्रो खण्ड विस्तारका लागि आवश्यक सामाग्री खरिद, आयत निर्यातमा सबैमा कर छुट दिने निर्णय गरेको छ । यो निर्णयसँगै लामो समय देखि रोकिएको दोस्रो खण्डको चक्रपथ विस्तार प्रक्रिया अघि बढाउने बाटो खुलेको छ । काठमाडौँ चक्रपथको दोस्रो खण्ड अर्थात् कलङ्की–वसुन्धराको निर्माणमा चीनलाई दिएको थियो । मङ्गलवारको मन्त्रिपरिषद्को बैठकले कर छुट दिने निर्णय गरेको हो । 

अर्थ मन्त्रालयको सहमति र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा सरकारले यस्तो निर्णय गरेको हो । ‘चीनको अनुदान सहयोगमा निर्माण तथा स्तरोन्नति हुने कलङ्कीदेखि वसुन्धरासम्मको काठमाडौँ चक्रपथ सुधार आयोजना कार्यान्वयन सम्झौतामा उल्लिखित विषयमा कर छुट दिने’ मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ ।

दोस्रो खण्डको निर्माणका लागि छनोट हुने ठेकेदार कम्पनीले यो सुविधा पाउनेछ । निर्माणका क्रममा आवश्यक पर्ने सामानको आयात र आन्तरिक खरिदमा कर छुट दिइनेछ । चिनियाँ अनुदानमै बनेको चक्रपथको विस्तार पनि चीनकै आर्थिक तथा प्राविधिक सहयोगमा हुँदै छ । त्यसमा सरकारले पहिलो खण्ड कोटेश्वर–एकान्तकुना–कलङ्कीमा जस्तै दोस्रो खण्डको विस्तारमा पनि सबै प्रकृतिको कर छुट दिइने भएको छ । योसँगै अब चक्रपथ निर्माणको थप प्रक्रिया अघि बढ्नेछ । अब नेपाल र चीनबिच ‘कार्यान्वयन सम्झौता’ हुनेछ । नेपालको तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिवले हस्ताक्षर गर्नेछन् ।

mediabaaji add

सम्बन्धित खबर

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ विनिमय दर (सूचीसहित)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर, युरोलगायतका विदेशी मुद्राको मूल्य आज भने वृद्धि भएको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकक...

सुनको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै, चाँदी पनि हालसम्मकै उच्च

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । आज सुनको मूल्य १ हजार ८०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा २ लाख ७६ हजार ५०० रुपैयाँ कायम भ...

सुदूरपश्चिममा धान उत्पादन : क्षेत्रफल घट्यो, उत्पादकत्व वृद्धि

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा पछिल्ला वर्षमा धानको उत्पादकत्वमा वृद्धि भएको छ। खेती गर्ने तरिका सुधार गरी किसान व्यावसायिक बन्न थालेपछि धान उत्पादनमा वृद्धि भएको कृषि विकास निर्देशनालय सुदूरपश्चिमले जनाएको छ। निर्देश...

बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार ३०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।


यता, चाँदी तोलामा ५० रुपैया...

शनिबार कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४८ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर...

सामलिङ पावरले हकप्रद निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एसबिआई मर्चेन्ट बैंकिङ नियुक्त

काठमाडौँ । सामलिङ पावर कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद सेयर प्रबन्धकका लागि नेपाल एसबिआई मर्चेन्ट बैंकिङलाई नियुक्त गरेको हो । कम्पनीले माघ २१ गते एसबिआई मर्चेन्ट बैंकिङलाई बिक्री प्रबन्धक नियुक्त गरेको हो ।

कम्प...