चीनलाई सबैमा करमा छुट दिने सरकारको निर्णय
काठमाडौँ । सरकारले चक्रपथ दोस्रो खण्ड विस्तारका लागि आवश्यक सामाग्री खरिद, आयत निर्यातमा सबैमा कर छुट दिने निर्णय गरेको छ । यो निर्णयसँगै लामो समय देखि रोकिएको दोस्रो खण्डको चक्रपथ विस्तार प्रक्रिया अघि बढाउने बाटो खुलेको छ । काठमाडौँ चक्रपथको दोस्रो खण्ड अर्थात् कलङ्की–वसुन्धराको निर्माणमा चीनलाई दिएको थियो । मङ्गलवारको मन्त्रिपरिषद्को बैठकले कर छुट दिने निर्णय गरेको हो ।
अर्थ मन्त्रालयको सहमति र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा सरकारले यस्तो निर्णय गरेको हो । ‘चीनको अनुदान सहयोगमा निर्माण तथा स्तरोन्नति हुने कलङ्कीदेखि वसुन्धरासम्मको काठमाडौँ चक्रपथ सुधार आयोजना कार्यान्वयन सम्झौतामा उल्लिखित विषयमा कर छुट दिने’ मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ ।
दोस्रो खण्डको निर्माणका लागि छनोट हुने ठेकेदार कम्पनीले यो सुविधा पाउनेछ । निर्माणका क्रममा आवश्यक पर्ने सामानको आयात र आन्तरिक खरिदमा कर छुट दिइनेछ । चिनियाँ अनुदानमै बनेको चक्रपथको विस्तार पनि चीनकै आर्थिक तथा प्राविधिक सहयोगमा हुँदै छ । त्यसमा सरकारले पहिलो खण्ड कोटेश्वर–एकान्तकुना–कलङ्कीमा जस्तै दोस्रो खण्डको विस्तारमा पनि सबै प्रकृतिको कर छुट दिइने भएको छ । योसँगै अब चक्रपथ निर्माणको थप प्रक्रिया अघि बढ्नेछ । अब नेपाल र चीनबिच ‘कार्यान्वयन सम्झौता’ हुनेछ । नेपालको तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिवले हस्ताक्षर गर्नेछन् ।
एक्सप्रेस
सम्बन्धित खबर
लगातार घटेको नेप्सेमा आज सामान्य अंकको वृद्धि, ३ अर्ब ४४ करोडको कारोबार
काठमाडौँ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ६.७४ अंकले घटेर २६०१.६१ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३२९ कम्पनीको ७७ लाख ५७ हजार ६२५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४४ करोड १९ लाखको सेयर कारोबार भएको छ । आ...
यस्तो छ मेलम्ची खानेपानी आयोजनाको प्रगति विवरण
काठमाडौँ । खानेपानी मन्त्रालयले राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानीको हालसम्मको सम्पादित विषयगत कार्यसम्बन्धी प्रगति विवरण सार्वजनिक गरेको छ । मन्त्रालयले विज्ञप्तिमार्फत् आयोजनाको प्रगति विवरण सार्वजनिक गरेको हो...
बढ्यो सुनको मूल्य, बिहिबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ८०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । प्रति १० ग्राम छापावाल सुनको मूल्य दुई लाख ४३ हजार...
काठमाडौंमा १८ गतेदेखि रात्रिकालीन व्यवसाय बन्द
काठमाडौँ । काठमाडौंमा फागुन १८ गतेदेखि राति ९ बजेपछि रात्रिकालीन व्यवसाय गर्न बन्देज लगाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै रात्रिकालीन व्यवसाय सञ्चालनमा बन्देज लगाएको हो।
...नेप्सेमा २१.७८ अंकको गिरावट, ३ अर्ब ७९ करोडको कारोबार
काठमाडौँ । साताको चौथो कारोबार दिन सेयर बजार नेप्से परिसूचक २१.७८ अंकले घटेर २५४३.३७ को विन्दुमा झरेको छ । नेप्सेमा यसदिन ३२१ कम्पनीको ८३ लाख २२ हजार ३३८ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७९ करोड माथिको सेयर कारोबार भएको...



