शनिबार, ०७ कात्तिक २०८३
नेपाली

सरकारले नै दियो अनुमति, उद्योगीले बढाए ग्यासको भाउ

Main News Image

काठमाण्डौँ । उद्योगीले खाना पकाउने ग्यासको भाउ बढाएका छन् । पृथ्वी राजमार्ग अवरुद्ध हुँदा ढुवानी लागत बढेको बहानामा उद्योगीले ग्यासको भाउ प्रतिसिलिन्टर १ सय ५ रुपैयाँ १८ पैसा बढाएका हुन् । मूल्य बढेसँगै अब प्रतिसिलिन्डर ग्यासको भाउ दुई हजार ६० रुपैयाँबाट बढेर २१ सय ६५ रुपैयाँ १८ पैसा पुगेको छ। यो मूल्य काठमाडौँ उपत्यकामा आजदेखि नै लागू हुने व्यवसायीले बताएका छन् ।

यही भदौ १६ गते नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखिएको जनाउँदा व्यसायीलाई भने आफूखुसी मूल्य वृद्धि गर्न बाटो खोलिदिएको थियो । निगमको डिपो, कार्यालयदेखि १५ किलोमिटर तथा एलपी ग्यासको हकमा उद्योगदेखि ५० किलोमिटरसम्मका लागि साविकको मूल्यमै पेट्रोलियम पदार्थ बेच्नुपर्ने र त्यो भन्दा लामो रुटमा ढुवानी गर्दा थप मूल्य लिन पाउने गरी निगमले बाटो खोलिदिँदा व्यवसायीले आफूखुसी मूल्य बढाएका हुन् ।

 

mediabaaji add

सम्बन्धित खबर

नेपाल र बङ्गलादेशबीच विस्तार हुँदै ऊर्जा सहकार्य

काठमाडौँ । बङ्गलादेशले नेपालबाट थप २० मेगावाट बिजुली लैजान सहमत भएको छ । नेपाल र बङ्गलादेशका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बिहीबार सम्पन्न सातौँ बैठकले हाल निर्यात भइरहेको ४० मेगावाट जलविद्युत्का अतिरिक्त थ...

चीनलाई सबैमा करमा छुट दिने सरकारको निर्णय

काठमाडौँ । सरकारले चक्रपथ दोस्रो खण्ड विस्तारका लागि आवश्यक सामाग्री खरिद, आयत निर्यातमा सबैमा कर छुट दिने निर्णय गरेको छ । यो निर्णयसँगै लामो समय देखि रोकिएको दोस्रो खण्डको चक्रपथ विस्तार प्रक्रिया अघि बढाउने बाटो खुलेको छ । काठमाडौँ चक्रपथको दोस...

सुनचाँदीको मूल्यमा भारी गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । लगातार बढिरहेको सुनचाँदीको मूल्यमा मंगलबार भने भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७ हजार ९०० रुपैयाँले घटेको हो ।

यससँगै मगलबार छापावाल सुनको मूल्य तोलामा २ लाख ६२ हजार १०० रुपैयाँ क...