बिहिबार, २५ भदौ २०८३
नेपाली

सरकारले नै दियो अनुमति, उद्योगीले बढाए ग्यासको भाउ

Main News Image

काठमाण्डौँ । उद्योगीले खाना पकाउने ग्यासको भाउ बढाएका छन् । पृथ्वी राजमार्ग अवरुद्ध हुँदा ढुवानी लागत बढेको बहानामा उद्योगीले ग्यासको भाउ प्रतिसिलिन्टर १ सय ५ रुपैयाँ १८ पैसा बढाएका हुन् । मूल्य बढेसँगै अब प्रतिसिलिन्डर ग्यासको भाउ दुई हजार ६० रुपैयाँबाट बढेर २१ सय ६५ रुपैयाँ १८ पैसा पुगेको छ। यो मूल्य काठमाडौँ उपत्यकामा आजदेखि नै लागू हुने व्यवसायीले बताएका छन् ।

यही भदौ १६ गते नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखिएको जनाउँदा व्यसायीलाई भने आफूखुसी मूल्य वृद्धि गर्न बाटो खोलिदिएको थियो । निगमको डिपो, कार्यालयदेखि १५ किलोमिटर तथा एलपी ग्यासको हकमा उद्योगदेखि ५० किलोमिटरसम्मका लागि साविकको मूल्यमै पेट्रोलियम पदार्थ बेच्नुपर्ने र त्यो भन्दा लामो रुटमा ढुवानी गर्दा थप मूल्य लिन पाउने गरी निगमले बाटो खोलिदिँदा व्यवसायीले आफूखुसी मूल्य बढाएका हुन् ।

 

mediabaaji add

सम्बन्धित खबर

शनिबार कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४८ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर...

यस्तो छ शुक्रबारका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५२ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १...

नेप्सेमा ५.३२ अंकको वृद्धि, ५ अर्ब ८२ करोडमा झर्‍यो कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक ५.३२ अंकले बढेर २६५५.९९ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३१९ कम्पनीको १ करोड १९ लाख ७६ हजार ७८० कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ८२ करोड माथिको सेयर कारोबार भएको...

बुधबार कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ५७ प...

सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति पुग्यो ?

काठमाडौँ । बुधबार नेपाली बजारमा सुनचाँदीको  मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको हो । यससँगै बुधबार छापावाल सुन तोलामा २ लाख ५४ हजार १०० रुपैयाँ कायम भए...

नेपाल टेलिकम बिलिङ भ्रष्टाचार मुद्दा : प्रबन्ध निर्देशक पौडेलसहित सबैले पाए सफाइ

काठमाडौँ । नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियामा अनियमितता भएको भनी दायर गरिएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले सबै प्रतिवादीहरूलाई सफाइ दिएको छ । विशेष अदालतका न्यायाधीशहरूको इजलासले सुनुवाइ गर्दै नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्द...