आईजीपी खापुङलाई जाँचबुझ आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण
काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक आईजीपी चन्द्रकुवेर खापुङलाई जेनजी आन्दोलन जाँचबुझ आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ । जाँचबुझ आयोगलाई असहयोग गरेको भन्दै उनलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन भनिएको हो । आयोगले मागेको विवरण ढिलो पठाएको, सबै तथ्यांक समेत नपठाएको, फिल्डमा खटिएका अधिकृतहरुदेखि लिएर कमाण्डरहरुको नामावली नदिएको तथा आयोगको काममा बाधा पुर्याउने प्रयास गरेको आयोगको आरोप छ ।
प्रहरीले जेनजी आन्दोलनका क्रममा प्रहरी महानिरीक्षकदेखि जवानसम्म देशैभरका प्रहरी फिल्डमै खटिएको जवाफ गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगलाई दिएको थियो। तर झण्डै एक महिना लगाएर प्रहरीले जवाफ दिए पनि माग गरेका विवरण उपलब्ध नगराएको आयोगको गुनासो छ ।
जाँचबुझ आयोगले बुधबार मात्रै नक्खु जेलबाट फरार भएको विषयमा पूर्व गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बयान लिएको छ। यसअघि नक्खु कारागारका जेलरसँग बयान गराएको थियो । अन्यसँग पनि आवश्यकता अनुसार बयान गर्ने आयोगका प्रवक्ता पूर्वएआईजी विज्ञानराज शर्माले बताए ।
एक्सप्रेस
सम्बन्धित खबर
छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै
जनकपुर । तिहार समाप्त भएसँगै जनकपुरधामसहित तराई मधेशमा छठ पर्वको तयारी सुरु भएको छ। भव्यताका साथ मनाईने छठ पर्वका लागि जनकपुरधामका पोखरी र घाटहरु सजाउने कार्य भइरहेको छ । जनकपुरधाममा छठ पर्व नेपालको सबैभन्दा प्रसिद्ध म...
भोटेकोशी बाढीको उपद्रव : महोत्तरीका सम्पर्कविहीन परिवारमा हरायो चाडपर्वको खुसी
महोत्तरी । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि निरन्तर सांस्कृतिक उत्सव तथा परम्परागत चाडपर्वहरू आइरहे पनि महोत्तरीका सम्पर्कविहीन परिवारका घरमा भने कुनै रौनकता छाउन सकेको छैन। भदौ १० गतेको बाढीयता परिवारका सदस्य बेपत्ता भएपछि ती घरहरूमा आँसु र व...
सरकारको सम्पर्कमा आए १८१६ सुकुम्बासी परिवार
काठमाडौँ । काठमाडौँ उपत्यकाका १ हजार ८१६ सुकुमबासी परिवार सरकारको सम्पर्कमा गएका छन् । काठमाडौँ उपत्यकाका बागमती र यसका सहायक नदी किनारका अवैध संरचना हटाउने सरकारी कदमपछि हालसम्म १ हजार ८१६ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा पुगेका हुन् ।
प...
सवोच्चको आदेशले अन्योलमा मधेश प्रदेश
जनकपुर । मुख्यमन्त्री नियुक्ति सम्बन्धी रिटमा मंगलबार सर्वोच्च अदालतले दिएको आदेशले मधेश प्रदेशमा अन्योल सृजना भएको छ । मंगलबार सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई मुद्दा किनारा नलागेसम्म नीति...
भोटेकोशी बाढी : ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी
काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीमा परी घाइते भएकामध्ये राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत ३८ जना निको भएर घर फर्किएका छन् । बाढीमा घाइते भएका कुल ५८ जनाको उद्धार गरी काठमाडौं ल्याइएको थियो ।
जिल्ला प्रहरी परिसर काठम...
बुधबार कस्तो रहला देशभरको मौसम ?
काठमाडौँ । हाल मुलुकका पश्चिमी भागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतय...



