बिहिबार, १२ कात्तिक २०८३
नेपाली

आईजीपी खापुङलाई जाँचबुझ आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

Main News Image

काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक आईजीपी चन्द्रकुवेर खापुङलाई जेनजी आन्दोलन जाँचबुझ आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ । जाँचबुझ आयोगलाई असहयोग गरेको भन्दै उनलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन भनिएको हो । आयोगले मागेको विवरण ढिलो पठाएको, सबै तथ्यांक समेत नपठाएको, फिल्डमा खटिएका अधिकृतहरुदेखि लिएर कमाण्डरहरुको नामावली नदिएको तथा आयोगको काममा बाधा पुर्‍याउने प्रयास गरेको आयोगको आरोप छ ।

प्रहरीले जेनजी आन्दोलनका क्रममा प्रहरी महानिरीक्षकदेखि जवानसम्म देशैभरका प्रहरी फिल्डमै खटिएको जवाफ गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगलाई दिएको थियो। तर झण्डै एक महिना लगाएर प्रहरीले जवाफ दिए पनि माग गरेका विवरण उपलब्ध नगराएको आयोगको गुनासो छ ।

जाँचबुझ आयोगले बुधबार मात्रै नक्खु जेलबाट फरार भएको विषयमा पूर्व गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बयान लिएको छ। यसअघि नक्खु कारागारका जेलरसँग बयान गराएको थियो । अन्यसँग पनि आवश्यकता अनुसार बयान गर्ने आयोगका प्रवक्ता पूर्वएआईजी विज्ञानराज शर्माले बताए ।

 

mediabaaji add

सम्बन्धित खबर

भोटेकोशी बाढीको उपद्रव : महोत्तरीका सम्पर्कविहीन परिवारमा हरायो चाडपर्वको खुसी

महोत्तरी । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि निरन्तर सांस्कृतिक उत्सव तथा परम्परागत चाडपर्वहरू आइरहे पनि महोत्तरीका सम्पर्कविहीन परिवारका घरमा भने कुनै रौनकता छाउन सकेको छैन। भदौ १० गतेको बाढीयता परिवारका सदस्य बेपत्ता भएपछि ती घरहरूमा आँसु र व...

सूर्यविनायक—धुलिखेल सडक निर्माण कामलाई तिव्रता दिन मन्त्री घिसिङको आग्रह

काठमाडौँ । भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तारको समग्र प्रगति ५० प्रतिशत पुगेको छ । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक—धुलिखेल खण्ड १५।८ किलोमिटर सडकलाई ६ लेनमा विस्तार गर्न दुई...

कालिञ्चोक भगवतीमा दर्शनार्थीहरु

काठमाण्डौँ । कालिञ्चोक भगवती मन्दिरमा भक्तजनहरूको चहलपहल बाक्लिएको छ । मौसम सफा रहेकाले दर्शनार्थीहरूको संख्या उल्लेख्य रूपमा बढेको देखिएको छ। मन्दिर परिसरमा टाढाटाढाबाट आएका श्रद्धालुहरू पूजा–आराधना तथा दर्शनका लागि पालो कुरिरहेका छन् ।

पछि...

झिसेमा स्कूल भ्यान दुर्घटना हुँदा २३ विद्यार्थी घाइते

पोखरा । बागलुङमा स्कुल भ्यान दुर्घटना हुँदा २३ जना विद्यार्थी घाइते भएका छन् । जसमा केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइतेलाई थप उपचारका लागि अन्यत्र रेफर गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ । 

घाइते सबैको उद्धार...

उदयपुरमा जङ्गली हात्तीको उपद्रो, स्थानीयवासी रातभर जाग्राम

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–१०, हँडिया क्षेत्रमा जङ्गली हात्तीले गाउँ पसेर उपद्रो मच्चाएको छ । दैनिक रातिका समयमा हात्ती गाउँ प्रवेश गरेर घरमा थन्क्याएका खाद्यन्न तथा बालीमा नास गर्न थालेकाले स्थानीयवा...

बाघ गणना सार्वजनिक गरिँदै

काठमाडौँ । विश्व बाघ दिवस प्रत्येक वर्ष जुलाई महिनाको २९ मा मनाइन्छ । सन् २०१० मा रूसको सेन्ट पिटर्सबर्गमा भएको बाघ शिखर सम्मेलनको घोषणासँगै यो दिवस मनाउन थालिएको हो ।

तत्कालीन समयमा बाघको सङ्ख्या तीव्र रूपमा घट्दै गएको अवस्थालाई रोक्न र तिन...