भोटेकोशी बाढी : ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी
काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीमा परी घाइते भएकामध्ये राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत ३८ जना निको भएर घर फर्किएका छन् । बाढीमा घाइते भएका कुल ५८ जनाको उद्धार गरी काठमाडौं ल्याइएको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार उद्धार गरिएकामध्ये ५० जनालाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर भर्ना गरिएको थियो । तीमध्ये स्वास्थ्यमा सुधार आएपछि ३८ जनालाई डिस्चार्ज गरिसकिएको छ ।
हाल ट्रमा सेन्टरमा १२ जना घाइतेको उपचार भइरहेको छ। अस्पताल प्रशासनका अनुसार उपचाररत बिरामीहरूको अवस्था सामान्य रहेको छ र उनीहरूलाई साधारण शय्यामा राखी उपचार प्रबन्ध मिलाइएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने
काठमाण्डौँ । करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको सबैभन्दा लामो सांस्कृतिक धार्मिक पर्वका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्रा शनिबार राष्ट्र प्रमुखको उपस्थितिमा भोटो देखाएपछि औपचारिक रूपमा सम्पन्न हुनेछ । ललितपुर महानगरपालिका(४ का वडाध्...
हेटौंडा बजारमा सडक विस्तार सुरु, यातायात व्यवस्थापन सहज बनाउन वैकल्पिक रुट लागू गरिने
हेटौंडा । पूर्वपश्चिम राजमार्ग तथा त्रिभुवन राजपथअन्तर्गत हेटौंडा बजार क्षेत्रमा सुरु भएको सडक विस्तारका कारण यातायात व्यवस्थापन सहज बनाउन वैकल्पिक रुट लागू गरिने भएको छ । सडक डिभिजन कार्यालय हेटौंडाले मुख्य बजार क्षेत...
शव व्यवस्थापनमा फ्रिजर र डीएनए किटको अभाव, अन्तर्राष्ट्रिय सहयोग माग्दै सरकार
काठमाडौँ । भोटेकोशी बाढीपछि संकलित शवहरू कुहिन थालेपछि सुरक्षित व्यवस्थापन सरकारका लागि मुख्य चुनौती बनेको छ । शव सुरक्षित राख्न कम्तीमा एक हजार जनासम्मको क्षमता भएको फ्रिजर र पर्याप्त डीएनए परीक्षण किट आवश्यक परेको भन्दै सरकारले विभिन्न देशसँग सह...
बिहेको भोज कटौती गरी गाउँमा बत्ती
काठमाडौँ । म्याग्दीको मङ्गला गाउँपालिका–२ कोत्रवाङका एक नवदम्पतीले आफ्नो विवाहको भोजभतेरमा हुने खर्च जोगाएर गाउँमा सडकबत्ती जडान गरिदिएका छन्। हालै बैवाहिक जीवनमा बाँधिएका प्रकाश खत्री र राधिका धिताल खत्रीले आफ्नै निजी लगानीमा टोलभरि बत्ती जडान गर...
जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका २ कैदी पक्राउ
काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका दुईजनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले मानव बेचबिखन, अपहरण शरीर बन्धक डाँका र सङ्गठित अपराध मुद्दामा सुन्धारा कारागारमा कैद भुक्तान गरिरहे...
सर्वदलीय संयन्त्र गठनदेखि ‘इभी सेफ्टी एजुकेशन’ लागू गर्नेसम्मका माग
काठमाडौँ । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा सांसदहरूले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछिको खोज, उद्धार, राहत र पुनर्स्थापनालाई चुस्त एवं प्रभावकारी बनाउन संसद्बाट अविलम्ब सर्वदलीय समिति गठन हुनुपर्ने माग गरेका छन् ।
प्रतिनिधिसभाको आजको...



