बुधबार, ११ कात्तिक २०८३
नेपाली

गुरुङ र किलो १ को शङ्कास्पद कुराकानी !

Main News Image

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सांसद सुधन गुरुङले जेनजी आन्दोलनको चरम दिन भदौ २४ गते काठमाडौँका उपत्यका (किलो १) का तत्कालीन प्रहरी प्रमुख एसएसपी विश्वराज अधिकारीसँग पटक–पटक टेलिफोन संवाद गरेको तथ्य सार्वजनिक भएको छ।।


गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनमा समावेश ‘कल डिटेल रेकर्ड’ (सीडीआर) विश्लेषणअनुसार दुवैबीच उक्त दिन दुई पटक सम्पर्क भएको देखिएको छ। प्रतिवेदनले एसएसपी अधिकारीको मोबाइल नम्बर ९८५१२८०३५५ र गुरुङको ९८०१०६६१११ बीच संवाद भएको उल्लेख गरेको छ।


सुरक्षा स्रोतहरूको विश्लेषणअनुसार डिस्कर्ड प्लेटफर्ममा सञ्चालन भएका ‘युथ एगेन्स्ट करप्सन’ र ‘युवा हब’ नामक सर्भरहरू आन्दोलनका क्रममा सक्रिय रहेका थिए। ती माध्यमबाट नेताहरूको घर, पार्टी कार्यालय, सरकारी संरचना तथा निजी प्रतिष्ठानमा आक्रमण गर्ने योजनाहरू बनाइएको दाबी गरिएको छ। यही सन्दर्भमा आन्दोलनकारीलाई सक्रिय बनाउने र सुरक्षा संयन्त्रलाई अन्यत्र व्यस्त राख्ने रणनीतिअन्तर्गत प्रहरीसँग सम्पर्क गरिएको हुनसक्ने अनुमानसमेत गरिएको छ।


३८ वर्षीय गुरुङ भदौ २३ को प्रदर्शनका औपचारिक आयोजक नभए पनि ‘हामी नेपाल’ नामक गैरसरकारी संस्थाका संस्थापक अध्यक्षका रूपमा माइतीघर क्षेत्रमा प्रदर्शनकारीलाई पानी वितरण गर्दै देखिएका थिए। तर, आन्दोलन क्रमशः उग्र बन्दै सत्ताविरुद्धको स्वरमा परिणत भएपछि उनले आफूलाई जेनजी आन्दोलनको अगुवा रूपमा प्रस्तुत गरेका थिए।

यद्यपि, भदौ २४ गते भएको हिंसात्मक घटनाको जिम्मेवारी उनले औपचारिक रूपमा लिएका छैनन्। प्रतिवेदनले उनी र प्रहरी प्रमुखबीचको संवादको उद्देश्यबारे स्पष्ट निष्कर्ष निकालेको छैन।

mediabaaji add

सम्बन्धित खबर

अनुमति नलिई माइतीघरमा प्रदर्शन गर्ने ५० जना पक्राउ

काठमाडौँ । स्थानीय प्रशासनबाट अनुमति नलिई काठमाडौँको माइतीघरमा प्रदर्शनका लागि पुगेका ५० जनालाई शनिबार नेपाल प्रहरीले हिरासतमा लिएको छ । शनिबार बिहानदेखि माइतीघरमा प्रदर्शन गर्न पुगेका जेनजी युनाइटेडका सदस्यलाई जिल्ला...

चोरीको गाडी प्रयोग गर्दै मधेस प्रदेश ट्राफिकका एसपी सिलवाल

रौतहट । मधेस प्रदेशका ट्राफिक प्रमुख राजकुमार सिलवाल विवादको घेरामा परिरहने एक प्रहरी अधिकृत हुन् । विभिन्न समयमा कारबाहीमा परेका उनी अहिले पुनः चोरीको गाडी काण्डमा मुछिएका छ्न् । त्यसो त सिलवालले मधेस प्रदेशका ट्राफिक...

रौतहटको गौरमा कर्फ्यू आदेश जारी

काठमाडौँ । रौतहटको गौरमा दुइ समुदायबीचको झडप हुँदा प्रशासनले स्थिति नियन्त्रणमा लिनका लागि कर्फ्यू आदेश जारी गरेको छ । रौतहटको गौर नगरपालिका वडा नं ६ सपगडा टोलमा विवाहको बाजा बजाउदै गइरहेका जन्तीमाथि फरक समूदायले अवरोध खडा गरेपछि भएको विवादले उग्र...

म्यादी प्रहरी भर्ना सुरु, युवाको चासो बढ्यो

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनका लागि म्यादी प्रहरी भर्ना प्रक्रिया शुक्रबारदेखि सुरु भएको छ । पुस २५ देखि माघ १ गतेसम्म दरखास्त दिन सकिने गरी १ लाख ३३ हजार ९ सय ८० म्यादी प्रहरी माग गरिएको छ । 

पहिलो दिनमै फारम भर्न युवाको उल्लेख्य उ...

ट्राफिक सप्ताहको दोस्रो दिन: उपत्यकामा २० हजार हाराहारी सडक प्रयोगकर्तामा सुरक्षा सन्देश

काठमाण्डौँ ।  सडक दुर्घटना न्यूनीकरणलाई प्राथमिकतामा राख्दै सञ्चालन भइरहेको ‘दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२’ अन्तर्गत काठमाडौं उपत्यकामा दोस्रो दिन व्यापक सचेतनामूलक गतिविधि सञ्चालन गरिएको छ। अभियानबाट एकै दिन झण्डै १...

एक सय नौ किलो गाँजा प्रहरीको नियन्त्रणमा

काठमाडौँ । महोत्तरीको रामगोपालपुर नगरपालिका–८ स्थित सहसौला चोक नजिकबाट प्रहरीले भारी परिमाणमा गाँजा र एक भारतीय कार नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्माका अनुसार, २० वटा पोकामा प्याक गरिएको १०...