आइतबार, १५ कात्तिक २०८३
नेपाली

खेलकुदमन्त्री गुप्ताको अमेरिका भ्रमण रद्द, तत्काल राजीनामा पनि नदिने

Main News Image

काठमाण्डौँ । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता पछिल्लो समय विवादमा तानिएका छन् । मन्त्रालय सम्हालेको छोटो समयमै गुप्ता अमेरिका भ्रमणलाई लिएर विवादित बनेका हुन् । गुप्ता जेनजीको कोटाबाट मन्त्री बनेको चर्चा छ । मन्त्री गुप्तालाई गैरआवासीय नेपाली संघ एनआरएनएको एक समूहले बोलाएको थियो । 

त्यो समूह आधिकारिक नभएको र उनले फर्जी निमन्त्रणा देखाएर मन्त्रिपरिषदबाट भ्रमण स्वीकृत गराएको भन्दै आलोचना भयो । मन्त्री गुप्ताको भ्रमणलाई लिएर एनआरएनए अमेरिकाका दुई समूहले पनि छुट्टाछुट्टै विज्ञप्ति निकाले । एउटा समूहले निम्ता दिएको बतायो भने अर्को समूहले गुप्तालाई कुनै निमन्त्रणा नगरेको दाबी ग¥यो। चौतर्फी दबाबपछि मन्त्री गुप्ताले अमेरिका भ्रमणमा नजाने निर्णय गरेका छन् । 

शुक्रबार साँझ उनको सचिवालयले अब मन्त्री गुप्ता अमेरिका भ्रमणमा नजाने बतायो। चुनावमा उम्मेदवारी दिने तयारीका लागिभ्रमण स्थगित गरेको भने पनि उनले तत्कालै राजीनामा भने नदिने भएका छन् । 


mediabaaji add

सम्बन्धित खबर

महिला टी–२० विश्वकप छनोट आजदेखि, १० मध्ये शीर्ष चार विश्वकपमा, नेपाल थाइल्याण्डसँग खेल्दै

काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकप छनोट क्रिकेट प्रतियोगिता आजदेखि काठमाडौँमा शुरू हुँदैछ । तीन वटा टेस्ट राष्ट्र बंगलादेश, आयरल्यान्ड र जिम्बावेसहित कुल १० राष्ट्रले आगामी विश्वकपमा स्थान बनाउने लक्ष्यसहित प्रतिस्पर्धा गर्दैछन् । 

य...

विश्वकपमा मेस्सीको अर्को ऐतिहासिक कीर्तिमान

काठमाडौँ । अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले फिफा विश्वकपमा अर्को ऐतिहासिक कीर्तिमान कायम गरेका छन् । अमेरिकाको मियामीमा जारी फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गत केप भर्डेविरुद्धको खेलमा गोल गर्दै मेस्सी विश्वकप इतिहासमा लगातार आठ खेलमा...

विश्वकपमा दिग्गज खेलाडीलाई पछि पार्दै एमबाप्पेले बनाए यस्तो कीर्तिमान

काठमाण्डौँ । फ्रान्सका कप्तान तथा स्टार स्ट्राइकर केलियन एमबाप्पेले फिफा विश्वकपको नकआउट चरणमा इतिहासकै सर्वाधिक गोल गर्ने नयाँ कीर्तिमान बनाएका छन् ।

सन् २०२६ को जारी विश्वकपमा अद्वितीय प्रदर्शन गर्दै उनले विश्व फुटबलका पुराना दिग्गजहरूलाई...

मेसीले फाइनलमा गोल गर्ने निश्चित छ– एम्बाप्पे

काठमाडौँ । फ्रान्सका कप्तान किलियन एम्बाप्पेले आफ्नो व्यक्तिगत कीर्तिमानभन्दा टोलीको सफलतालाई बढी महत्व दिएको बताएका छन् । सेमिफाइनलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले विश्वकप फाइनलमा लियोनल मेसीले गोल गर्नेमा आफू विश्वस्त रहेको बताए।

एम्बाप्...

इंल्यान्डलाई हराउँदै अर्जेन्टिना लगातार दोस्रोपटक विश्वकपको फाइनलमा

काठमाण्डौँ । साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को रोमाञ्चक सेमिफाइनल खेलमा इंल्यान्डलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको एटलान्टास्थित मर्सिडीजबेन्ज स्टेडियममा भएको अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा अर्जेन्टिनाले इंल्यान्डमाथ...

दृष्टिविहीन महिला टोली टी-२० विश्वकप खेलेर स्वदेश फिर्ता

काठमाडौँ । दृष्टिविहीन महिला टोली टी २० विश्वकप खेलेर स्वदेश फिर्ता आएका छन् । फाइनलमा भारतसँग पराजित भएपछि टोली फर्किएका हुन् । आइतबार सम्पन्न फाइनलमा नेपाल भारतसँग ७ विकेटले पराजित भएको थियो ।