शुक्रबार, २६ भदौ २०८३
नेपाली

सोलु हाइड्रोपावरको आईपीओ स्थानीयमा बाँडफाँट

Main News Image

काठमाडौँ । सोलु हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गरेको १ करोड कित्ता आईपीओ आज बाँडफाँट गरेको छ । कम्पनीको वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्टाइएको १० लाख कित्ता सेयरको बाँडफाँट यसअघि नै सम्पन्न भइसकेको छ ।

स्थानीय र वैदेशिक रोजगारीको प्रक्रिया सकिएपछि कम्पनीले अब आगामी पुस २९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सामूहिक लगानी कोष र कर्मचारीलाई सुरक्षित गरी बाँकी रहेको ८२ लाख कित्ता सेयर सर्वसाधारणमा ल्याउन लागेको हो ।  कम्पनीको बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङ र हिमालयन क्यापिटल रहेका छन् । 


mediabaaji add

सम्बन्धित खबर

नेप्सेमा २७.५९ अंकको गिरावट, ६ अर्ब ६९ करोडमा झर्‍यो कारोबार

काठमाडौँ । साताको पहिलो  कारोबार दिन नेप्से परिसूचक २७.५९ अंकले घटेर २६१४.५५ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३२४ कम्पनीको १ करोड ५९ लाख ८९ हजार ४३० कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ६९ करोड ९७ लाखको सेयर कारोबार भएको छ । आज ३४ कम्पनीको से...

नेप्सेमा सामान्य सुधार : ७ अंकले बढ्दा ४ अर्ब ४० करोडको कारोबार

४ भदौ, काठमाडौँ । नेप्सेमा सामान्य वृद्धि भएको छ । आज विहिबार नेप्से ७.१७ अंकले बढेर २६२९.४० विन्दुमा पुगेर रोकिएको छ । आज ३४५ कम्पनिका ९५ लाख ७६६ कित्ता शेयर ४ अर्ब ४० करोड १४ लाख ९ हजार ८५८ मा कारोबार भएको थियो । आज विकास बैंक, फाइनान्स, होटल्स,...

आज काठमाडौं उपत्यकाका ७ स्थानबाट एलपी ग्यास बिक्री गरिने, नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौँ । नेपाल आयल निगमको समन्वयमा आज काठमाडौं उपत्यकाका विभिन्न सात स्थानबाट खाना पकाउने एलपी ग्यास बिक्री गरिने भएको छ ।

अत्यावश्यक अवस्थामा रहेका उपभोक्तालाई लक्षित गर्दै निगमले यो विशेष व्यवस्था मिलाएको हो । ग्यास खरिद गर्नका लागि उपभो...

नेप्सेमा १०.२५ अंकको गिरावट, ८ अर्ब ६१ करोडमा झर्‍यो कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक  १०.२५ अंकले घटेर २६६२.१४ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३२४ कम्पनीको २ करोड १७ लाख १५ हजार ८६८ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ६१ करोड ६४ लाखको सेयर कारोबार भएको छ । आज ७४ कम्पनीको स...

बुधबार कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ५७ प...

घरजग्गा कारोबार क्रमश: ओरालो लाग्दै, राजस्व संकलन पनि घट्यो

काठमाडौँ । देशभर घरजग्गाको कारोबार क्रमशः घट्दै गएको पाइएको छ । कारोबार घट्दै जाँदा राजस्व संकलनमा समेत ह्रास आएको छ । कारोबारको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चालु आर्थिक वर्षको चार महिनामा राजस्व संकलनको मात्रा क्रमशः ओरा...