सोलु हाइड्रोपावरको आईपीओ स्थानीयमा बाँडफाँट
काठमाडौँ । सोलु हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गरेको १ करोड कित्ता आईपीओ आज बाँडफाँट गरेको छ । कम्पनीको वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्टाइएको १० लाख कित्ता सेयरको बाँडफाँट यसअघि नै सम्पन्न भइसकेको छ ।
स्थानीय र वैदेशिक रोजगारीको प्रक्रिया सकिएपछि कम्पनीले अब आगामी पुस २९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सामूहिक लगानी कोष र कर्मचारीलाई सुरक्षित गरी बाँकी रहेको ८२ लाख कित्ता सेयर सर्वसाधारणमा ल्याउन लागेको हो । कम्पनीको बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङ र हिमालयन क्यापिटल रहेका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
सुनचाँदीको मूल्यमा भारी गिरावट, बिहिबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्यमा गिरावट आइरहेको छ । सुन तोलामा पाँच हजार २०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७८ हजार ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
यता, चाँदीको...
कालिन्चोक हाइड्रोपावरले फागुन १३ गतेदेखि आईपीओ निष्कासन गर्ने
काठमाडौँ । कालिन्चोक हाइड्रोपावर लिमिटेडले फागुन १३ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले जारी पुँजी ५५...



