सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’
काठमाण्डौँ । सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा निमार्णाधीन सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको सुरुङ छिचोलिएको छ । सभाखोलाको पानीलाई प्रयोग गरी निर्माणाधीन २१ दशमलव पाँच मेगावाट क्षमताको सभाखोला आयोजनाको मुख्य सुरुङ सोमबार छिचोलिएको हो ।
यहाँ एक कार्यक्रमकाबिच अर्विट इनर्जी लिमिटेडका प्रबन्ध सञ्चालक गणेश कार्कीले सुरुङ ‘ब्रेक थ्रु’ गरेका हुन् । यो निजी क्षेत्रले पहिचान गरी अघि बढाएको आयोजनाको हो ।
सभापोखरी–३ मा इन्टेक एरिया रहेको आयोजनाको चार हजार ११० मिटर सुरुङ छिचोलिएको छ। सभापोखरी गाउँपालिका वडा नं ३, ४ र ५ मा आयोजनाको काम भइरहेको छ । जलाशयको मुहान इनटेकबाट सुरु भई पेनस्टक पाइप रहने स्थानसम्मको चार हजार ११० मिटर लामो सुरुङ ‘ब्रेक थ्रु’ भएको आयोजनाका इञ्चार्ज कृष्णप्रसाद पन्तले बताए ।
अब सुरुङको बाँकी कङ्क्रिट लाइनिङको काम गरिने र मुख्य सुरुङबाट गएको पानीलाई एक हजार ४५ मिटर लामो पेनस्टक पाइपमार्फत विद्युत्गृहमा खसाली विद्युत् उत्पादन गरिने उनले बताए । हालसम्म आयोजनाको काम ७५ प्रतिशत सम्पन्न भइसकेको पन्तले जानकारी दिए ।
एक्सप्रेस
सम्बन्धित खबर
आजको विदेशी मुद्राको विनिमयदर : डलर, युरो र पाउण्डको मूल्य कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमयदर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको नयाँ दररेट अनुसार आज अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ १६ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७६ पैसा कायम भएको...
नेपाल राष्ट्र बैंक ऐन संशोधन गर्ने तयारी
काठमाडौँ । नेपाल राष्ट्र बैंक ऐन २०५८ लाई संशोधन गरिने भएको छ । नेपाल राष्ट्र बैंक ऐनलाई समयानुकूल संशोधन तथा अद्यावधिक गर्ने उद्देश्यले सरकारले ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’ को मस्यौदा तर्जुमा गरेको छ ।
के...
एकैदिन तोलामा १० हजार ४ सय बढ्यो सुनको भाउ, कति पुग्यो ?
काठमाण्डौँ । सुनको मूल्य आज एकैदिनमा १० हजार चारसय रुपैयाँ बढेको छ । बुधबार सुनको मूल्य दुई लाख ९५ हजार एकसय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको यो मूल्य आजसम्मकै सबैभन्दा महँगो हो ।
गएको आइतबारदेखि निरन्तर बढ्दै आ...
चितवन राष्ट्रिय निकुञ्जमा साउन यता १७ गैंडा मरे
काठमाडौँ । चालु आर्थिक वर्षमा १७ वटा गैंडा मरेका छन् । तीमध्ये एउटा विद्युतीय करेन्ट लागेर मरेको हो भने बाँकी प्राकृतिक कारणले मरेका हुन् । यस आर्थिक वर्षमा गैंडासहित ५७ वटा वन्यजन्तु मरेका छन् । साउन यता निकुञ्ज र आसपासका क्षेत्रमा ती...
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?
काठमाण्डौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलरको मूल्य बढेको छ । अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ४७ पैसा र बिक्रीदर १४१ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको छ । युरोपियन य...
बढ्यो सुनको मूल्य, अब एक तोला किन्न कति चाहिन्छ ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८५ हजार रुपैयाँ कायम भएको छ। यस्तै, सुनको मूल्य १० ग्राममा आज दुई लाख...



