आजको विदेशी मुद्राको विनिमयदर : डलर, युरो र पाउण्डको मूल्य कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमयदर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको नयाँ दररेट अनुसार आज अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ १६ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७६ पैसा कायम भएको छ ।
युरोपियन र यरोपेली क्षेत्रका अन्य प्रमुख मुद्राहरूको मूल्य पनि उच्च देखिएको छ। आज युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ २८ पैसा र बिक्रीदर १७२ रुपैयाँ ९७ पैसा तोकिएको छ भने युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ०७ पैसा र बिक्रीदर २०० रुपैयाँ ८६ पैसा पुगेको छ। यसैगरी स्विस फ्र्यांक एकको खरिददर १८६ रुपैयाँ ७० पैसा र बिक्रीदर १८७ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ ।
अन्य विकसित मुलुकका मुद्रातर्फ अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ०६ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४७ पैसा कायम हुँदा क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ १७ पैसा र बिक्रीदर १०६ रुपैयाँ ५९ पैसा रहेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
नेप्सेमा ९.४३ अंकको गिरावट, ८ अर्ब ९२ करोडको कारोबार
काठमाडौँ । साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक ९.४३ अंकले बढेर २७०५.३८ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३२४ कम्पनीको २ करोड १६ लाख ४१ हजार ८८३ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ९२ करोड ३६ लाखको सेयर कारोबार भएको छ । आज ८२ कम्पनीको सेयर मूल...
बर्दियामा सहकारी द्वारा समर्थन मूल्यमै धान खरिद, किसानलाई राहत
बर्दिया । किसानहरूलाई धानको उचित मुल्य उपलब्ध गराउन सरकारले समय मै धानको न्यूनतम समर्थन मुल्य तोकेको थियो । धानको न्यूनतम समर्थन मुल्य तोकेपनि किसानले भने धानको मुल्य पाउन सकेका थिएनन् । बर्दियाका स्थानीय व्यापारीले कि...
नेप्सेमा १६.६७ अंकको वृद्धि, कारोबार भने २ अर्ब ७९ करोडमा सीमित
काठमाडौँ । तिहार अघिको अन्तिम कारोबार दिन आइतबार सेयर बजार नेप्से परिसूचक १६.६७ अंकले बढेर २५०३.८५ को विन्दुमा कायम भएको छ । नेप्सेमा यसदिन ३२३ कम्पनीको ६१ लाख ९९ हजार कित्ता सेयर किनबेच हुँदा २ अर्ब ७९ करोडको सेयर कार...
एकैदिन ६३ उद्योगमा बिजुली र पानीको लाइन काटियो
काठमाडौँ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले एकैदिन ६३ उद्योगको पानी र बिजुलीको लाइन काटेको छ । लामो समयदेखि औद्योगिक क्षेत्रको सरकारी जग्गा, भवन र पूर्वाधार प्रयोग गरेर पनि भाडा र महसुल नतिरेपछि लिमिटेडले बुधबारदेखि धमाधम लाइन काट्न सुरु गरेक...
बिहीबार विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ४५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ५ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन...
१० अंकले बढ्यो सेयर बजार, ४ अर्ब ४५ करोडको कारोबार
काठमाडौँ । बुधबार सेयर बजार १०.३० अंक बढेको छ । सो अंकको वृद्धिसँगै बजार परिसूचक नेप्से २६४८.९० अंकमा कायम भएको छ । अघिल्लो दिन नेप्से २१ अंक बढेको थियो । कारोबार रकम अघिल्लो दिनको तुलनामा सामान्य बढेको छ । अघिल्लो दिन ४ अर्ब २३ करोडको कारोबार भएक...



