बुधबार, ११ कात्तिक २०८३
नेपाली

सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’

Main News Image

काठमाण्डौँ । सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा निमार्णाधीन सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको सुरुङ छिचोलिएको छ । सभाखोलाको पानीलाई प्रयोग गरी निर्माणाधीन २१ दशमलव पाँच मेगावाट क्षमताको सभाखोला आयोजनाको मुख्य सुरुङ सोमबार छिचोलिएको हो ।

यहाँ एक कार्यक्रमकाबिच अर्विट इनर्जी लिमिटेडका प्रबन्ध सञ्चालक गणेश कार्कीले सुरुङ ‘ब्रेक थ्रु’ गरेका हुन् । यो निजी क्षेत्रले पहिचान गरी अघि बढाएको आयोजनाको हो ।

सभापोखरी–३ मा इन्टेक एरिया रहेको आयोजनाको चार हजार ११० मिटर सुरुङ छिचोलिएको छ। सभापोखरी गाउँपालिका वडा नं ३, ४ र ५ मा आयोजनाको काम भइरहेको छ । जलाशयको मुहान इनटेकबाट सुरु भई पेनस्टक पाइप रहने स्थानसम्मको चार हजार ११० मिटर लामो सुरुङ ‘ब्रेक थ्रु’ भएको आयोजनाका इञ्चार्ज कृष्णप्रसाद पन्तले बताए ।

अब सुरुङको बाँकी कङ्क्रिट लाइनिङको काम गरिने र मुख्य सुरुङबाट गएको पानीलाई एक हजार ४५ मिटर लामो पेनस्टक पाइपमार्फत विद्युत्गृहमा खसाली विद्युत् उत्पादन गरिने उनले बताए । हालसम्म आयोजनाको काम ७५ प्रतिशत सम्पन्न भइसकेको पन्तले जानकारी दिए ।

mediabaaji add

सम्बन्धित खबर

अबदेखि वायुसेवा निगमको जहाज डाइभर्ट हुँदा भैरहवा अवतरण गर्ने

काठमाडौँ । नेपाल वायुसेवा निगमका जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न कारणले अवतरण हुन नसकेको अवस्थामा अब गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्ने भएको छ । हाल भारतको विमानस्थललाई आधार गरी डाइभर्ट...

सुनको मूल्यमा भारी गिरावट, बिहिबार प्रतितोला कति ?

काठमाडौँ । सुनको मूल्यमा भारी गिरावट आएको छ । सुन तोलामा पाँच हजार ५०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८५ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

यता, चाँदी तोला...

उद्योगीलाई धरपकड र विद्युत् काट्ने तयारीप्रति महासंघको आपत्ति

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ एफएनसीसीआईले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडद्वारा सञ्चालित औद्योगिक क्षेत्रभित्रका उद्योगहरूको विद्युत् लाइन काट्ने तथा उद्योगी व्यवसायीमाथि प्रशासनिक दबाब सिर्जना गर्ने तयारीप्रति गम्भीर चासो व्यक्त गरे...