आइतबार, २४ जेठ २०८३
नेपाली

रुवी भ्याली गाउँपालिकाद्वारा तमु ल्होछारको शुभकामना व्यक्त

Main News Image

धादिङ । धादिङ रुवी भ्याली गाउँपालिकाले तमु (गुरुङ) समुदायको महान् पर्व तमु ल्होछारको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण तमु समुदायका दिदीबहिनी तथा दाजुभाइहरूलाई हार्दिक शुभकामना व्यक्त गरेको छ ।

गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङद्वारा जारी शुभकामना सन्देशमा तमु ल्होछारले समुदायको धर्म, संस्कृति, रीतिरिवाज तथा परम्पराको संरक्षण र संवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको उल्लेख गरिएको छ । साथै, यस पर्वले बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक समाजबीचको एकता, सामाजिक–सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ ।

अध्यक्ष तामाङले तमु ल्होछारले धार्मिक, सांस्कृतिक, आर्थिक तथा सामाजिक रूपमा समृद्ध रुवी भ्याली गाउँपालिका निर्माणतर्फ अग्रसर हुन सबैमा थप ऊर्जा प्रदान गरोस् भन्ने कामना समेत गर्नुभएको छ ।

उहाँले तमु ल्होछारको शुभकामनासँगै आउँदै गरेको अङ्ग्रेजी नयाँ वर्ष २०२६ को पनि अग्रिम शुभकामना व्यक्त गर्नुभएको छ ।

mediabaaji add

सम्बन्धित खबर

हरिबोधिनी एकादशी किन मानिन्छ? धार्मिक महत्व थाहा पाउनुहोस् !

मिडियाबाजी डटकम काठमाडौँ कात्तिक १५ । आज वैदिक सनातन हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गर्दैछन् । प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिनमा मनाइने हरि बोधिनी एकादशी पर्व आज तुलसी र दामोदरको व...

पहिलोपटक म्याग्दीको मुनादेखि बागलुङको ढोरपाटन उपत्यकासम्म सवारी साधन पुग्यो

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका हुँदै बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यका सडक सञ्जालमा जोडिएसँगै छोटो दूरीको सो सडकमा पहिलोपटक सवारीसाधन सञ्चालनसमेत भएको छ ।  म्याग्दीको सदरमुकाम बेनीदेखि धवलागिरी गाउँपालिकाको केन्द्र मुना – ख...

उपत्यकामा २४ घण्टाभित्रै २ हजार २५६ सवारीचालक कारबाहीमा

काठमाडौँ । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने सवारीचालकहरूमाथि प्रहरीले निगरानी र कारबाही तीव्र पारेको छ । बितेका २४ घण्टाको अवधिमा मात्रै उपत्यकाका विभिन्न स्थानमा दुई हजार २५६ जना सवारीचालकहरू सवारी नियम उल्लंघन गरेको अभियोगमा कारबाही...

साँगे सभ्यता संरक्षण तथा विकास अभियानको चितवन नवलपुर क्षेत्रीय समिति गठन

चितवन, कात्तिक २२ । साँगे सभ्यता संरक्षण तथा विकास अभियानको आयोजनामा आज गौरेश्वर पशुपति मन्दिर, नारायणगढमा चितवन–नवलपुर क्षेत्रीय संगठन विस्तार तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

 

कार्यक्रममा साँगे खोलाको पानी ढो...

रसुवाको आमाछोदिङ्मोमा रैथाने परिकार बनाउने तालिम सम्पन्न

मिडियाबाजी डटकम, काठमाडौँ। रसुवा, २३ चैत ।रसुवा जिल्लाको अमाछोदिङ्मो गाउँपालिका- ५ ,पुरानो तातोपानीमा ३ दिने ग्रामीण होमस्टे प्रवर्द्धनको लागि स्थानिय परिकार निर्माण सम्बन्धी कुक तालिम आइतबार सम्पन्न गरिएको छ । आमाछोदिङ्मो गाउँपालिकाको आयोजना तथा...