आइतबार, २४ जेठ २०८३
नेपाली

रसुवाको आमाछोदिङ्मोमा रैथाने परिकार बनाउने तालिम सम्पन्न

Main News Image

मिडियाबाजी डटकम, काठमाडौँ। रसुवा, २३ चैत ।रसुवा जिल्लाको अमाछोदिङ्मो गाउँपालिका- ५ ,पुरानो तातोपानीमा ३ दिने ग्रामीण होमस्टे प्रवर्द्धनको लागि स्थानिय परिकार निर्माण सम्बन्धी कुक तालिम आइतबार सम्पन्न गरिएको छ । आमाछोदिङ्मो गाउँपालिकाको आयोजना तथा एक्स्प्लोर इन्स्टिच्युट अफ होटल म्यानेजमेन्टको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।


कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै गाउँपालिका अध्यक्ष बुचुङ तामाङले प्राकृतिक सुन्दरता, कृषि र हाईड्रो पर्यटनको प्रचुर सम्भावना रहेको श्रोत र साधनले सम्पन्न यो गाउँपालिकाको पर्यटन विकासमा गाउँपालिका- ५ पुरानो तातोपानीमा ३ दिने ग्रामीण होमस्टे प्रवर्धनको लागि स्थानिय परिकार निर्माण सम्बन्धी कुक तालिम तथा आतिथ्यता सत्कार तालिमले सहयोग पुर्याउने विश्वास ब्यक्त गर्नु भयो । तालिममा सहभागीहरूलाई यो सिकेको सीप र ज्ञानलाई व्यवहारमा उतारेर उपचार पद्धतिमा प्रयोग हुँदै आएको चिलिमे तातोपानी एरियाको पर्यटन विकासमा सहभागी हुन समेत प्रमुख तामाङले आग्रह गर्नु भयो । कार्यक्रमका सभाध्यक्ष तथा वडाअध्यक्ष दावा गोम्बो तामाङले सामाजिक विकास सिकेको सीप व्यवहारमा उतार्न आग्रह गरे ।


आफूसँग भएका कच्चा पदार्थलाई स्थानीय सीप र श्रमको प्रयोग गरी उत्पादन गरिएका उपभोग्य वस्तुहरुको उपभोग गर्ने सोचको विकास हुनु पर्ने धारणा ब्यक्त गर्नुभएको थियो ।त्यसैगरी तालिममा उत्सुकतापूर्वक सहभागिता जनाएका प्रशिक्षार्थीहरुले तालिमको आयोजना गरेर आफूहरुलाई एउटा आर्थिक विकासको विकल्प देखाईएको र यो तामिललाई आफूहरुलाई होमस्टे सञ्चालन गरेर आयआर्जन गर्ने अवसर मिलेको प्रतिकृया व्यक्त गरेका थिए ।

डा. अलखबाबु (आलोक) प्रसाईंद्वारा होमस्टे पर्यटनको सैद्धान्तिक प्रशिक्षण दिईएको उक्त तालिममा दुई दर्जनभन्दा बढी होमस्टेकर्मी तथा होटल व्यवसायीहरुको सहभागी रहेको थियो । त्यसैगरी चर्चित युवा सेफ विजय घिमिरेद्वारा स्थानीय खाद्य उत्पादनलाई खानाका विभिन्न परिकार बनाउन सकिने सीप सिकाएको उक्त तालिममा एक्स्प्लोर इन्स्टिच्युट अफ होटल म्यानेजमेन्टका निर्देशक राजेन्द्रप्रसाद त्रिपाठीले होमस्टे पर्यटनको बजारीकरण सम्बन्धी प्रशिक्षण दिनु भएको थियो ।

mediabaaji add

सम्बन्धित खबर

साँगे सभ्यता संरक्षण तथा विकास अभियानको चितवन नवलपुर क्षेत्रीय समिति गठन

चितवन, कात्तिक २२ । साँगे सभ्यता संरक्षण तथा विकास अभियानको आयोजनामा आज गौरेश्वर पशुपति मन्दिर, नारायणगढमा चितवन–नवलपुर क्षेत्रीय संगठन विस्तार तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

 

कार्यक्रममा साँगे खोलाको पानी ढो...

हरिबोधिनी एकादशी किन मानिन्छ? धार्मिक महत्व थाहा पाउनुहोस् !

मिडियाबाजी डटकम काठमाडौँ कात्तिक १५ । आज वैदिक सनातन हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गर्दैछन् । प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिनमा मनाइने हरि बोधिनी एकादशी पर्व आज तुलसी र दामोदरको व...

पहिलोपटक म्याग्दीको मुनादेखि बागलुङको ढोरपाटन उपत्यकासम्म सवारी साधन पुग्यो

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका हुँदै बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यका सडक सञ्जालमा जोडिएसँगै छोटो दूरीको सो सडकमा पहिलोपटक सवारीसाधन सञ्चालनसमेत भएको छ ।  म्याग्दीको सदरमुकाम बेनीदेखि धवलागिरी गाउँपालिकाको केन्द्र मुना – ख...

उपत्यकामा २४ घण्टाभित्रै २ हजार २५६ सवारीचालक कारबाहीमा

काठमाडौँ । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने सवारीचालकहरूमाथि प्रहरीले निगरानी र कारबाही तीव्र पारेको छ । बितेका २४ घण्टाको अवधिमा मात्रै उपत्यकाका विभिन्न स्थानमा दुई हजार २५६ जना सवारीचालकहरू सवारी नियम उल्लंघन गरेको अभियोगमा कारबाही...

रुवी भ्याली गाउँपालिकाद्वारा तमु ल्होछारको शुभकामना व्यक्त

धादिङ । धादिङ रुवी भ्याली गाउँपालिकाले तमु (गुरुङ) समुदायको महान् पर्व तमु ल्होछारको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण तमु समुदायका दिदीबहिनी तथा दाजुभाइहरूलाई हार्दिक शुभकामना व्यक्त गरेको छ ।

गाउँपालिकाका अध्यक्ष ...