संघीय निर्णय अस्वीकार : कनकासुन्दरी गाउँपालिकामा आइतबार पनि विद्यालय खुल्ने
काठमाडौँ । जुम्लाको कनकासुन्दरी गाउँपालिकाले संघीय सरकारका दुईवटा महत्वपूर्ण निर्णयलाई उल्टाउँदै विद्यालय सञ्चालनसम्बन्धी आफ्नै नयाँ नियम लागू गरेको छ । गाउँपालिकाले संघीय सरकारले तोकेको आइतबारको सार्वजनिक बिदा नमानी वैशाख ७ गतेदेखि नै नियमित पठनपाठन सुरु गर्ने निर्णय गरेको हो ।
कार्यवाहक गाउँपालिका अध्यक्ष प्रेमकली बुढाका अनुसार आइतबार बसेको गाउँ कार्यपालिकाको बैठकले सामुदायिक विद्यालयहरूमा आइतबार बिदा नगर्ने र निर्धारित समयभन्दा अगावै कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । संघीय सरकारले भने वैशाख १५ देखि भर्ना अभियान सुरु गरी वैशाख २१ गतेबाट मात्रै पठनपाठन सुरु गर्ने र हप्ताको दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
हिमाली जिल्लाको भौगोलिक र मौसमी प्रतिकूलताका कारण संघीय निर्णय अव्यवहारिक भएको गाउँपालिकाको निष्कर्ष छ। जुम्लाका विद्यालयहरूमा पुस र माघ महिनामा गरी कुल ४५ दिन हिउँदे बिदा हुने भएकाले संघीय सरकारको बिदा नीतिले निर्धारित पाठ्यक्रम पूरा गर्न कठिन हुने गाउँपालिकाले जनाएको छ। विद्यार्थीहरूको सिकाइ उपलब्धिलाई सुनिश्चित गर्न स्थानीय आवश्यकता अनुसार यो निर्णय लिइएको सूचनामा उल्लेख छ ।
एक्सप्रेस
सम्बन्धित खबर
भोटेकोसी बाढीले नेपाल–चीन सीमास्तम्भ बगाएको ठाउँमा राष्ट्रिय झन्डा पुनर्स्थापना
काठमाण्डौँ । यही भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीले नेपाल(चीन सीमा स्तम्भ बगाएको स्थानमा सरकारले शनिबार भदौ २० गते राष्ट्रिय झन्डा पुनर्स्थापना गरेको छ । प्रधानमन्त्रीको कार्यालयले शनिबार जनाएअनुसार पछिल्लो तीन दिनको निरन्तर प्रयास...
१ लाख ४९ हजार निर्वाचन प्रहरीको भर्ती आज खुल्दै, शुक्रबारदेखि आवेदन दिन सकिने
काठमाण्डौँ । फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनावका लागि एक लाख ४९ हजार ९० जना निर्वाचन प्रहरीको भर्ना बिहीबार खुल्ने भएको छ । प्रहरी प्रधान कार्यालयले बिहीबार सूचना जारी गर्ने तयारी गरेको हो । निर्वाचन प्रहरीमा भर्ना हुनका लागि शुक्रबारदेखि आव...
पहिरोले नदी थुनिएर नेपालतर्फ फेरि ताल बन्यो, ३ दिनभित्र फुट्न सक्ने चीनको चेतावनी
काठमाडौँ । नेपालस्थित छोगेन खोला र पुरेपु साङपो नदीको सङ्गमस्थल नजिकै एउटा ठूलो पहिरोजन्य ताल बनेको चीनको जलस्रोत मन्त्रालयले जनाएको छ । बिहीबार बिहानसम्ममा उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भइसकेको र तालबाट पानी बाहिर बहन ओभरफ्लो हुन...
कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार
काठमाडौँ । बैंककस्थित नेपाली दूतावासले कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार गरेको छ। उद्धार गरिएका सबै स्वदेश फर्केका छन् । विभिन्न माध्यमबाट कम्बोडिया पुगेका उनीहरूलाई गैरकानुनी काममा लगाइएको जानकारी प्राप्त भएपछि कम्बोडियाली सरकारको सहयोगमा उद्धा...
यी क्षेत्रमा आज हिमपात र वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले...
उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षाको सम्भावना
काठमाडौँ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भागमा पूर्णतया बादल लाग्ने र बाँकी भेगका पहाडी तथा तराईमा बादल लाग्नेछ। साथै द...



